युवा संघको नवौं राष्ट्रिय महाधिवेशन नेपालगन्जमा

नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन सोमबारदेखि नेपालगन्जमा सुरु हुने भएको छ । सोमबार चैत २७ देखि २९ गतेसम्म हुने नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो दुई बजे गर्ने तयारी भएको संघका प्रवक्ता महाराज गुरुङले बताए ।
Advertisement 1
उक्त समारोहलाई भव्य बनाउन मञ्च व्यवस्थापन, आवास तथा खाद्य व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन लगायतका कामहरु धमाधम भइरहेको प्रवक्ता गुरुङले जानकारी दिए। उनका अनुसार, उद्घाटन समारोहका लागि नेकपा एमाले बाँकेसँगको समन्वयमा युवा संघले १० हजार बढी जनपरिचालन गरिने भएको छ ।
महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन पार्टी महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेत आइतबार नै नेपालगन्ज आइसकेका छन् भने पार्टी अध्यक्ष केपी शर्मा ओली सोमबार ११ बजे नेपालगन्ज पुग्ने कार्यक्रम तय भएको महाधिवेशन आवास समिति संयोजक रवीन्द्र लम्सालले बताए ।
Advertisement 2