पशुपतिमा अख्तियार पस्यो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथमा छानबिन थालेको छ ।
जलहरी बनाउँदा अनियमितता भएको उजुरी परेपछि अख्तियारले पशुपति विकास कोषको नाममा पत्र काटेर हो । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पशुपतिनाथको मुख्य मन्दिरमा रहेको भगवान् शिवको मूर्ति रहेको मन्दिरमा हालिएको जलहरी ४ महिनामा नै च्यातिएपछि पशुपति विकास कोषले पुनः मर्मत गर्न खोजेपछि अख्तियारले पत्र काटेको छ । सो पत्रपछि मर्मत प्रक्रिया रोकिएको छ ।
Advertisement 1
प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको ३० करोड र कोषले उपलब्ध गराएको ५० करोड रुपियाँमा १ सय ८ किलो सुन खरिद गरेर पशुपतिनाथ मन्दिरमा जलहरी राखिएको थियो ।
पशुपति मन्दिरमा यसअघि राखिएको चाँदीको जलहरीमा कुनै समस्या नआएको तर ४ महिनाअघि सुन खरिद गरेर बनाइएको जलहरी च्यातिएपछि कोषका पदाधिकारीको मिलेमतोमा सुन हिनामिना गरेको भन्दै कोषमा कार्यरत कर्मचारीले नै अख्तियारमा उजुरी गरेपछि आयोगले सुन खरिद प्रक्रियाका बारेमा अध्ययन शुरु गरेको हो ।
कोषका सदस्य सचिव ढकालले सुन खरिद प्रक्रिया पारदर्शी रहेको दाबी गर्दै प्रधानमन्त्री कार्यालय र कोषबाट उपलब्ध गएको ८० करोड रुपियाँ नेपाल राष्ट्र बैंकमा जम्मा गरेर बैंकले जी टु जी प्रक्रियाबाट सुन खरिद गरेकाले अनियमिता हुनै नसक्ने दाबी गर्नुभयो । उहाँले सुनको जलहरी च्यातिएको नभई किला ठोक्न मात्र बाँकी रहेको जिकिर गर्नुभयो ।
Advertisement 2