एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

सुर्खेत। जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भेरी नगरपालिका–१ कोलचौर नजिकै कल्ले खोलामा आज भे १ च २२४७ नंको एम्बुलेन्स दुर्घटना भएको छ।
Advertisement 1
दुर्घटनामा एम्बुलेन्सका चालक भेरी–१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो। अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाका अनुसार भेरी–१ डौँरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो।
उकालो सडकमा भित्तामा ठोक्किएर एम्बुलेन्स दुर्घटना भएको हो। चालक चनाराको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
प्रकाशित :२०८२ श्रावण २६, सोमबार ११:४३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%