पूर्व डीआईजी जोशीको घरमा प्रहरीको छापा

पूर्व डीआईजीको घरमा प्रहरीले छापा मारेको छ । पूर्व डीआईजी छविलाल जोशीको शंखमुलस्थित घरमा जिल्ला प्रहरी कार्यालय कास्कीको आग्रहमा काठमाडौँ प्रहरीले उनको घरमा छापा मारेको हो ।

Advertisement 1

पूर्व डीआईजी जोशी फरार रहेका सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईका पार्टनर हुन् । ग्यालेक्सी टेलिभिजनमा जोशीको पनि लगानी थियो । अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) मार्फत गितेन्द्रबावु (जीबी) राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।

जोशीको घरमा सञ्चालित नेचर हब इन्टरनेशनल प्रालिको कार्यालयबाट प्रहरीले सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरको सर्भर बरामद गरेको छ । नेचर हब इन्टरनेश्नलको अफिसमा लुकाएर राखेको अवस्थामा पोखरास्थित सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरेको सर्भर बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक कर्मचारीले बताए ।

Advertisement 2

प्रहरी स्रोतका अनुसार सुदर्शन सहकारीको सर्भर जोशीको उक्त घरबाट बरामद भएको छ। यता पूर्व डीआईजी जोशीले बुधवार राती नै सामाजिक सञ्जालमार्फत उक्त घर आफ्नो निजी नभएको र व्यावसायिक सम्पत्ति रहेको दाबी गरेका छन्।

प्रकाशित :२०८० माघ २५, बिहीबार १०:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry