चन्द्रागिरिको बजेट २ अर्ब ९३ करोड ४६ लाख पारित

काठमाडौं। चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२/८३ को लागि कूल २ अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ। नगरसभाको १६आँ अधिवेशनले चालुखर्चतर्फ रु १ अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्च रु १ अर्ब ७० करोड ६८ लाख रहेको छ। सभामा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
Advertisement 1
नगरप्रमुख घनश्याम गिरी बहुमतबाट आव २०८२/८३ को बजेट तथा कार्यक्रम पारित भएको जानकारी दिँदै बजेटले नगरवासीको माग सम्बोधन हुने विश्वास व्यक्त गरे। उनले बजेट कार्यान्वयनमुखी रहेको स्पष्ट पार्दै सहमति, सहकार्य र एकताको माध्यमबाट नगरको समृद्धिमा जुट्न आह्वान समेत गरे।
प्रकाशित :२०८२ श्रावण १, बुधबार १५:३१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%