काठमाडौं महानगरपालिकाका ३६ सामुदायिक विद्यालयमा प्रधानाध्यापक माग

काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरअन्तर्गत सञ्चालित ३६ वटा सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ।

Advertisement 1

महानगरपालिकाको शिक्षा विभागले २०८३ भदौ २ गते सूचना जारी गर्दै २२ वटा माध्यमिक र १४ वटा आधारभूत सामुदायिक विद्यालयमा रिक्त रहेका तथा प्रधानाध्यापकको पदावधि सकिन एक महिनाभन्दा कम अवधि बाँकी रहेका विद्यालयका लागि दरखास्त माग गरेको हो।

महानगरपालिकाका अनुसार तोकिएको योग्यता पुगेका इच्छुक स्थायी शिक्षकहरूले प्रधानाध्यापक पदका लागि आवेदन दिन सक्नेछन्। शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) को नियम ९३ को उपनियम (२) तथा महानगरपालिकाको निर्णयअनुसार उम्मेदवारले विद्यालय विकास प्रस्तावसहित आवेदन पेस गर्नुपर्नेछ।

Advertisement 2

इच्छुक शिक्षकहरूले आवश्यक कागजातसहित सम्बन्धित विद्यालयमा २०८३ भदौ १६ गतेभित्र रीतपूर्वक दरखास्त पेस गर्नुपर्नेछ।

महानगरपालिकाले विज्ञापन गरिएका विद्यालयहरूको नामावली, उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता, उम्मेदवारीको प्राथमिकता, छनोट प्रक्रिया तथा अन्य विस्तृत विवरण र दरखास्त फारामको ढाँचा महानगरपालिकाको आधिकारिक वेबसाइट तथा शिक्षा विभागबाट प्राप्त गर्न सकिने जनाएको छ।

Advertisement 3

महानगरपालिकाले विद्यालयको शैक्षिक नेतृत्वलाई प्रभावकारी बनाउने उद्देश्यले योग्य स्थायी शिक्षकबाट प्रधानाध्यापक छनोट गर्न प्रक्रिया अघि बढाएको हो।

प्रकाशित :२०८३ भाद्र २, मंगलवार १३:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry