विश्वास र कृपया: स्थानीय तहमा समृद्धि, सुशासन र समावेशी विकास सुनिश्चित गर्ने अभ्यास

स्थानीय तहको समग्र विकास र दिगो समृद्धिको मार्गचित्रको रूपमा ‘विश्वास’ र ‘कृपया’ अभियान देशका विभिन्न पालिकामा सफलतापूर्वक कार्यान्वयनमा आइरहेका छन्। स्थानीय स्रोतसाधनको उपयोग, सामाजिक सशक्तीकरण र समावेशी विकास सुनिश्चित गर्ने उद्देश्यले अघि सारिएको यस अभियानले विकासलाई व्यवहारमा उतार्ने ठोस आधार तयार पारेको छ।
Advertisement 1
कुनै पनि राष्ट्रको दिगो समृद्धिको जग स्थानीय तहमै राखिएको हुन्छ। आर्थिक दृष्टिले स्रोतसाधनको परिचालन, सीप र रोजगारी सृजना, कृषि, पर्यटन तथा लघु उद्यमको प्रवद्र्धनले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउँछ। सामाजिक पक्षमा शिक्षा, स्वास्थ्य, सरसफाइ, सामाजिक सुरक्षा र लैङ्गिक समानताको सुनिश्चितताले जीवनस्तरमा गुणात्मक सुधार ल्याउँछ। त्यस्तै, समन्यायिक विकासले जात, वर्ग, क्षेत्र र लिङ्गबीच समान अवसर सुनिश्चित गर्दै समावेशीता र सामाजिक न्यायको प्रवद्र्धन गर्छ।
‘विश्वास’ र ‘कृपया’ अभियानका अवधारणाकार तथा अन्तर्राष्ट्रिय प्रशिक्षक हिम्मतसिंह लेकालीका अनुसार ‘विश्वास’ अभियान अन्तर्गत विद्यालय, स्वास्थ्य र सचेतना, ‘कृपया’ अभियान अन्तर्गत कृषि, पर्यटन र यातायात समेटिएका छन्। देशका विभिन्न स्थानीय तहहरूले यी दुई अभियानअनुसार विकास रणनीति अपनाई लागू गरिरहेका छन्, जसको प्रारम्भिक नतिजा उत्साहजनक देखिएको लेकालीको भनाइ छ।
Advertisement 2
अभियानले समेटेका क्षेत्रहरू स्थानीय विकासका मेरुदण्डमा शिक्षाले दक्ष र उत्तरदायी नागरिक उत्पादन गर्छ। स्वास्थ्य सेवाले श्रमशक्तिलाई सक्षम बनाउँछ। कृषिको आधुनिकीकरणले खाद्य सुरक्षा, आम्दानी र रोजगारीमा सुधार ल्याउँछ। पर्यटनले सम्पदाको संरक्षण गर्दै रोजगारी सिर्जना गर्छ। यातायात पूर्वाधारले ग्रामीण क्षेत्रलाई मूलधारमा ल्याउँछ। सचेतना र सुशासनले पारदर्शिता, उत्तरदायित्व र सहभागिता बढाउँछ। लेकालीका अनुसार, यी सबै आयामहरूबीच समन्वय कायम गरिएमा विकास प्रक्रिया समावेशी, न्यायपूर्ण र दिगो बन्नेछ।
अर्थशास्त्र र सुशासनका विज्ञ तथा अन्तर्राष्ट्रिय प्रशिक्षक डा. दामोदर रेग्मीका अनुसार, ’विश्वास’ अभियानले दक्ष मानव पूँजीको निर्माण, आर्थिक उत्पादनशीलताको वृद्धि, नागरिक सशक्तीकरण, सेवाप्रवाहमा पारदर्शिता र दिगो विकासको सुनिश्चिततामा महत्वपूर्ण भूमिका खेल्न सक्छ। उहाँले जनउत्तरदायी र कानूनी शासन प्रणाली स्थापनाका लागि सुशासन र आर्थिक अनुशासनको संयोजन अपरिहार्य रहेको धारणा राख्नुहुन्छ।
Advertisement 3
अभियानलाई दिगो विकास लक्ष्य (SDG) सँग स्थानीय तहमा जोड्न विज्ञ गणेश रावतले संयोजनको भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँका अनुसार स्थानीय प्राथमिकतामा आधारित योजना, क्षेत्रीय सन्तुलन र समुदायको प्रत्यक्ष सहभागिता अभियानको मुख्य विशेषता हो।
हालै ‘विश्वास’ अभियानमा हावापानी र वातावरणीय सचेतनासमेत समावेश गरिएपछि यो अभियान झनै समसामयिक र समग्र बनेको छ। यसले वातावरण संरक्षण, जलवायु अनुकूलन र हरित विकासका पक्षलाई समेत स्थानीय तहमा सशक्त रूपमा सम्बोधन गर्न थालिएको छ।
अभियानले समेटेका विविध पक्ष–योजना, बजेट, सार्वजनिक खरिद, नीति निर्माण, सेवा प्रवाह, संघीय शासन र स्थानीयकरणलाई समेट्दै स्थानीय तहलाई नवप्रवर्तनशील र सुशासनयुक्त नमुना इकाइका रूपमा उभ्याउने लक्ष्य लिएको छ।
यस अवधारणाले भविष्यको स्थानीय शासन दिगो, जिम्मेवार र समावेशी हुने दिशामा अग्रसर हुने संकेत दिएको छ। ‘विश्वास’ र ‘कृपया’ अवधारणाले नेपाली स्थानीय शासनमा समावेशी, समन्वित र दिगो विकासको स्पष्ट खाका प्रस्तुत गरेको छ। अभियानको सफल कार्यान्वयनका लागि सबै सरोकारवालाबीच सहकार्य, प्रतिबद्धता र उत्तरदायित्व आवश्यक छ।