लेखापालदेखि सचिव हुँदै अख्तियारको कमाण्डरसम्म,यस्तो छ प्रेमकुमार राईको बिगत

कुशल प्रशासकको छबि बनाएर गृह मन्त्रालयबाट बाहिरिएका प्रेमकुमार राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पदभार ग्रहण गरेका छन् । पूर्व प्रमुख आयुक्त नबीन कुमार घिमिरेको अवकाशसँगै रिक्त रहेको स्थानमा गृहकै क्याडर राई पुगेका छन् ।
आजै बिहान राईले राष्ट्रपति कार्यालयमा सपथग्रहण गरे । मध्यान्ह टंगालस्थित कार्यालय पुगेर पदभार सम्हालेका हुन् । राईले पदभार गरेसँगै अख्तियारका कार्यवाहक प्रमुख डा गणेशराज जोशी बिदाई भएका छन् ।
को हुन प्रेम राई ? कस्तो छ बिगत ?
प्रेम राई ०१८ सालमा संखुवासभामा मध्यम वर्गीय किसान परिवारमा जन्मिएका हुन उनी । त्यो समय त्यस्तो थियो कि अधिकांशको चाह हुन्थ्यो लाहुरे बन्नु । तर उनलाई त्याृे हुटहुटीले कहिले छोएन् । उनी त्यहीँको हिमालय माविबाट ०३५ सालमा फलामे ढोका मानिने एसएलसी पार लगाए । भित्रिए राजधानी खाल्डो । ०३६ सालमा शंकरदेव क्याम्पसमा आईकममा भर्ना भए । ०३६ सालको आन्दोलका कारण उनको अध्ययनको गतिमा ब्रेक लाग्यो । तीनबर्षपछि ०३९ सालमा मात्रै आइकम पार लगाए । मिनभवनबाट विकम र ०४५ सालमा शंकरदेव क्याम्पसबाट उनले एमबिए उत्र्तीण भए ।
यही बीचमा उनी निजामती सेवामा भिडे ०४० सालमा । साउन १ गते लेखापालमा । ४४ सालमा शाखा अधिकृतमा नाम निकाले । ०४९ सालमा उपसचिवमा नाम निकाले ।
जागिरे जीवनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय, आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र गृह मन्त्रालयमा सचिवको जिम्मेवारी बहन गरे ।

Advertisement 1

उनी जुन–जुन मन्त्रालयमा गए त्यहाँ सुधारको शुरुवात गरे । सम्बन्धित मन्त्रालयका उच्च अधिकारीहरुका अनुसार उनी जहाँ–जहाँ गए त्यहाँ अमिट छाप छोडेर विदा भए ।
निजामती सेवामा ३६ बर्षसम्म काम गरेका उनी गृह सचिवबाट अवकाश पाएका हुन् ।
अवकाश पाएको झण्डै बर्ष दिन पछि उनी संवैद्यानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कमाण्ड गर्ने ठाउँमा पुगेका छन् । अब हेर्न बाँकी छ हिजोको दिनमा निजामती सेवामा रहँदा कायम रहेको निष्ठा,इमान्दारिता, प्रणाली सुधारप्रति प्रतिबद्ध, लगनशील, कर्तव्यनिष्ठ, राष्टसेवकको पहिचान बनाएका प्रेम राईले अख्तियारमा बसेर ठूला माछा समाउन सक्लान ? र हिजोको त्यो निष्ठा जोगाउन सक्लान ? यो प्रश्नको बिषय छ ।

प्रकाशित :२०७७ माघ २१, बुधबार १५:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry