स्थगित भयो लोकसेवा र त्रिविका परीक्षा

मुलुकभर कोरोना सङ्क्रमण दर बढ्दै  गएपछि  विभिन्न  निकायले  सञ्चालन  गर्न  लागेका  परीक्षा स्थगित भएका छन् ।कोरोन संक्रमण तिव्रतर रुपमा फैलन थालेसँगै लोकसेवा आयोग,त्रिविवि,काठमाडौं विश्वविद्यालयले पूर्वनिर्धारित परीक्षाका सबै कार्यक्रम स्थगित गरेका छन् । लोकसेवा आयोगले बिहिबार एक सूचना निकालेर माघ ११ गतेदेखि माघ मसान्तसम्मका लागि यसअघि तय गरिएका सम्पूर्ण परीक्षा स्थगित गरेको जनाएको छ ।

Advertisement 1

यस्तै त्रिविले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।त्रिविले शनिबार सञ्चालन गर्न लागेको व्यवस्थापन सङ्कायतर्फको बीबीए र बीसीएको प्रवेश परीक्षा भने नरोकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

loksewa

उता लोकसेवा आयोगले पनि कोरोना महामारीका कारण माघ मसान्तसम्मका सबै पूर्व निर्धारित लिखित परीक्षा स्थगित गरेको छ । आयोगले बिहीबार एक सूचनामार्फत माघ ११ देखि माघ मसान्तसम्म तय भएका सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएको हो । यस्तै फागुन १ देखि सञ्चालन हुने लिखित परीक्षा समेत कम्तिमा ७ दिनको पूनःतालिकीकरण गरी यथाशीघ्र सञ्चालन गरिने सूचनामा जनाइएको छ । लिखित बाहेकका अन्य पूर्वनिर्धारित कार्यहरु भने यथावत रुपमा सञ्चालन हुने आयोगको भनाइ छ।
आयोगका  परीक्षा  सञ्चालन  शाखाका  उपसचिव  एकनारायण  शर्माले  आयोगमा  कार्यरत  कर्मचारीहरूमा  समेत कोरोना सङ्क्रमण भएको र मुलुकभर उच्च गतिमा सङ्क्रमण दर बढेकाले परीक्षा स्थगित गरिएको जनाएका छन् । आयोगले  माघ  ११  गतेदेखि  निजामती  सेवातर्फ  सहसचिव र उपसचिवको लिखित परीक्षा तथा सुरक्षा निकाय र  सङ्गठित  संस्थातर्फ  विभिन्न  पदको  परीक्षा  तोकेको थियो । यसअघि निर्धारण  गरिएको  अन्तर्वार्तासम्बन्धी कार्यक्रम  भने  सुचारु  रहने  जानकारी  शर्माले  दिए।
हाल स्थगित गरिएका तथा फागुन १ गतेदेखि सञ्चालन हुने परीक्षा चलाउनसमेत कम्तीमा एक साताको पूर्व जानकारी दिएर मात्रै नयाँ तालिका सार्वजनिक गरिने पनि आयोगले जानकारी दिएको छ ।

प्रकाशित :२०७८ माघ ७, शुक्रबार ०६:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry