वैदेशिक रोजगार विभाग मातहतका संस्था नवीकरण गर्न अब ‘गुगल म्याप’ अनिवार्य

काठमाडौं। वैदेशिक रोजगार विभाग मातहत नियमन गरिँदै आएका संस्थाहरु नवीकरणका लागि अब ‘गुगल म्याप’ अनिवार्य गरिएको छ।

Advertisement 1

विभागले सोमबार सूचना जारी गर्दै आफ्नो मातहत नियमन गरिँदै आएका संस्थाहरुलाई नवीकरण गर्न आग्रह गरेको छ।

नवीकरण गराउँदै ‘गुगल प्लस कोड’सहितको ‘गुगल म्याप’ अनिवार्य गरिएको सूचनामा उल्लेख छ।

Advertisement 2

साथै संस्थाका सञ्चालक तथा कर्मचारीहरुको विवरणसमेत निवेदन दिएमा संस्था नवीकरण गरिने विभागले उल्लेख गरेको छ। विभागले वैदेशिक रोजगार सम्बन्धी काम गर्ने संस्थाहरुको नियमन गर्दै आएको छ।

Advertisement 3

महानिर्देशकका रुपमा भट्टराई आएपछि वैदेशिक रोजगार विभागमा के के काम भए?

प्रकाशित :२०८२ जेष्ठ २७, सोमबार १२:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry