महानिर्देशकका रुपमा भट्टराई आएपछि वैदेशिक रोजगार विभागमा के के काम भए?

काठमाडौं। वैदेशिक रोजगार विभागको नयाँ महानिर्देशकका रुपमा कमलप्रसाद भट्टराई आएपछि विभागको काम कारबाही तिव्र रुपमा अघि बढेको छ। सेवाग्राहीले पनि पछिल्लो समय वैदेशिक रोजगार विभागको काम चुस्तदुरुस्त र तुलनात्मक रुपमा प्रभावकारी महसुस गरेको बताएका छन्।
Advertisement 1
कार्यलय पनि सफा चिरच्याटट् देखिन्छ। सरसफाईदेखि लिएर राहत उद्धार एवम् वैदेशिक रोजगारमा जाने श्रमिकहरुको श्रम स्वीकृतिलगायत काम चुस्त रुपमा अगाडि बढेका छन्।
विशेष गरी श्रमिकको श्रम स्वीकृति शाखाको कामहरूमा तिब्रता एवम् सुशासनको मर्म र भावना अनुरुप काम भइरहेको छ। भट्टराईले श्रमस्वीकृति शाखामा नयाँ निर्देशकको जिम्मेवारी उपेन्द्र पौडेललाई दिएका छन्। आफ्नो काम कारबाहीलाई छिटो छरितो बनाउन कुनै पनि नेतृत्वले आफ्नो अनुकलको टिम बनाउन स्वाभाविक नै हो। अहिले श्रम स्वीकृति शाखाबाट सेवा लिने सेवाग्राहीले पनि छिटोछरितो काम भइरहेको मसुस गरिएको बताएका छन्।
Advertisement 2
सेवाग्राहीले सकारात्मक अनुभूति हुनेगरी एकै दिनमा पूर्व र अन्तिम श्रम स्वीकृति हुने परिपाटी अहिले विकास गरिएको छ। वैदेशिक रोजगार विभागमा जस्तै अन्य सार्वजनिक संस्थाहरुमा पनि काम हुने हो भने सेवाग्राहीले निकै राहत महसुस गर्ने श्रम स्वीकृति शाखाका कर्मचारीहरु दाबी गर्छन्।
साथै कर्मचारीलाई अनुशासन र आचरणमा रहेर काम गर्न प्रत्येक दिन अनुगमन र निर्देशिन दिने परिपाटी महानिर्देशक भट्टराईले थालेका छन्। पछिल्लो समय सेवाग्राहीले समयमै सेवा पाउने, तुलनात्मक रुपमा कम झनझटमै सेवा पाउने भएपछि वैदेशिक रोजगार विभागको धुमिलिएको छवीमा सुधार आउने अपेक्षा गरिएको छ।