एनसेलको आकर्षक जागिर छाडेर सरकारी संस्था सुधार्न तत्पर घिमिरे
थोरै तलबबाट धेरै तलब खान जान जो कोहीँ मरिहत्ते गर्दछन् । तर, त्यो भीडभन्दा फरक एक जना व्यक्ति भेटिए जो मासिक लाखौँ तलब र सेवा सुविधा छाडेर सरकारी सेवामा सेवारत छन् । एनसेएलमा जागिर खाने नेपाली नागरिकमै उच्च तहका कर्मचारी (सिइओपछिको सेकेण्ड म्यान), व्यक्तिगततर्फ बढी कर तिर्ने मध्य एक हुन्, रमेश घिमिरे । अहिले सो जागिर त्यागेर सरकारी निकायको निक्षेप तथा कर्जा सुरक्षण कोषको जागिरमा रम्दै छन् ।
Advertisement 1
त्यसै त अहिले कर्मचारीहरु बदनाम छन् समयमा कामै गर्दैनन् भनेर । तर, त्यो परिपाटीलाई चिर्न र आफ्नो फाइदा छाडेर देशको लागि केहीँ गरौँ भनेर लागिपरेका उनीमाथि आफ्नै मातहतका कर्मचारीहरु असफल बनाउन हात धोएर लागि परेका छन् । घिमिरे निक्षेप तथा कर्जा सुरक्षा कोषको प्रमुख कार्यकारी अधिकृत हुन् । कोषको अधिकृत भएर आएका उनले निजी कम्पनीको जोश र जाँगर बढाउन खोजे र सामान खरिद गर्दा पाँच गुणासम्म बिल बढाउने परम्परा अन्य गर्नुपनर्ने घोषणा गरे । उक्त कदम अघि बढाइएसँगै अहिले कमिसन खान नपाउनेहरुको रोजी रोटी नै बन्द हुन थालेपछि उनीविरुद्ध केही तत्वहरु सक्रिय रुपमा लागेका छन् । उनी सम्झन्छन् कुन्ति मोक्तानको गीत– ‘म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर…।’
झापा जिल्लाको धरमपुर गाउँ विकास समिति वडा नं ५ (हालको शिवसताशी नगरपालिका वडा नं २) मा वि.स. २०३३ वैशाख १ गते जन्मिएका हुन् घिमिरे । मध्यम परिवार, खान लगाउन ठीकठीकै पुग्ने परिवार थियो । बुवा आमासहित चार जना दाजु भाई र एक दिदीमध्ये उनी कान्छो । घरकै छेउमा एक जना गुरु थिए । ती गुरुले तीन कक्षासम्म पढाउँथे । स्कुल टाढा भएकोले उनले पनि उनै गुरुसँग पढे, सिके ।
Advertisement 2
घिमिरे सम्झन्छन्, ‘दुई वर्ष मैले त्यहीँ पढेपछि एकैचोटी चार कक्षा भर्ना भएँ । पढाइ मेरो राम्रो थियो । कि पहिलो कि त दोस्रो ।’ त्यतिबेला भन्ने गरिएको फलामे ढोका एसएलसी उनले १३ वर्षकै उमरमा छिचोले । ०४८ सालमा कानून पढ्नको लागि बिराटनगर गए । बि.एल. गर्दा (प्रथम, दोस्रो र तेस्रो वर्ष) कलेज टप भए । पि.एल.को दोस्रो बर्ष र बि.एल.को तेस्रो वर्षको त उनी टियू टपर नै हुन् । ०५५ सालमा पढ्न पढ्कै लागि राजधानी काठमाडौं आएका उनले ०५७ सालमा एल.एम.एम. प्रथम डिभिजनमा उत्तीर्ण गरे । त्यसपछि उनको जागिर यात्रासँगै जीवनका यात्रा प्रारम्भ भए । सुनौँ उनको आफ्नै शब्दमा जीवन भोगाइ अनि जागिरे यात्राः
जागिरे यात्रा
Advertisement 3
त्यसपछि म शैक्षिक यात्रासँगै कामको तयारीमा लागेँ । पढाइमा राम्रो नै भएकोले मैले पनि लाकसेवाको तयारी गरेँ । मिल्दो साथी हुनुहुन्थो मुकुन्द पौडेल । उहाँले सल्लाह दिनु भयो ‘तिम्रो पढाइ राम्रो छ तर, निजामती सेवा तयारी गर्दै रहेछौं ।’ अहिले अधिकृतको तलब पाँच हजार छ बरु त्योभन्दा बैंकहरुतिर लाग भनेर उहाँले सल्लाह दिनुभयो । २०५७ भाद्रमा एनआइसी बैंकको एसिस्टेन्नमा मेरो नाम छनोट भयो । विराटनगरमा तीन महिना काम गरेर काठमाडौं आएँ । सचिन जोशी सरले सबै कर्मचारीहरुको अन्तरर्वार्ता लिनु भयो । अन्तरवार्ता र कर्मचारीहरुको कामको आधारमा बढुवा गर्ने योजना थियो । सबै कुरामा अगाडी भएकाले मेरो डबल प्रमोसन भयो । १० हजारको तलबबाट एकैपटक २३ हजार तलब पुग्यो । ०६१ सालमा एसविआइ बैंकमा भ्याकेन्सी खुल्यो परीक्षा दिएँ । र, पास भएर एसिस्टेन्ट म्यानेजर भएँ । एसविआइमा पोजिशन त ठूलो पाएँ तर सोहीअनुसारको तलब भने राम्रो थिएन । २६ हजारको हाराहारीमा तलब थियो । काम गर्दै गर्दा इन्डियाको ग्रुपलाई कन्भिन्स गरेर तलबमा धेरै सुधार पनि गरेँ । एसविआई उद्योग क्षेत्रमा दोस्रो नम्बरमा पर्दछ । जुन सबै मेरो नेतृत्वमा भएको हो । एएम बाट डिएम, डिएमबाट म्यानेजर, म्यानेजरबाट सिनियर म्यानेजर, सिनियर म्यानेजरबाट चिफ म्यानेजर हुँदै सिइओ भएँ । नेपाल एसविआइ मर्चर बैंकिङ लिमिटेडको फाउन्डर नै भएँ । नाम राख्ने, कम्पनी खोल्ने, अप्रेसन सुरु गर्ने मैले नै गरेको हुँ । सुरुको वर्षमा २ करोडको नाफा बनाएको थिएँ ।
एसविआइमा सुधार
यो बैंक अन्तर्राष्ट्रिय कम्पनी भए पनि नेपालमा विजनेशको रुपमा न्यून स्तरको थियो । कर्मचारीहरुको आर्थिक स्थिति पनि कमजोर थियो । व्यवसाय वृद्धि गर्न, शाखा वृद्धि गर्न म जादाँ १४ वटा थियो भने मैले छोड्ने क्रममा ६५ पुग्यो । एसविआइमा ‘लोन डिफल्ड’ धेरै थियो । बैंकले कुनै पनि ऋणीलाई असुलीको लागि कानूनी कारवाही एउटा पनि गरेको थिएन । स्थापनादेखि १० वर्षसम्ममा कुनै कारवाही भएको थिएन । मैलेपछि सय भन्दा बढी ऋणहरुलाई एक्सन चलाएँ र पैसा फिर्ता गर्ने काम गरेँ । बैंकमा कुनै स्ट्यान्डर डकुमेन्ट थिएन यहीँ कारण झन्झट खेप्नु पर्थो सेवाग्राहीले ।
मैले ‘लोकल लिगल रिक्वायरमेन्ट’ र अन्तर्राष्ट्रिय प्रचलनका आधारमा ती सबैलाई प्रयोग गराएर पहिलोपटक नेपालमै नेपाली कागजमा नेपाली भाषामा सबै बैंकहरुको डकुमेन्टलाई सरलीकृत गर्ने काम गरेँ । मलाई यहीँ नै गर्व लाग्छ आज हरेक बैंकहरुमा कुनै न कुनै रुपमा मेरो भाषा तथा फरम्याट प्रयोग भइरहेका छन् । एसविआइ बैंकमा बनाएको त्यो प्रणाली हाल सबै बैंकहरुले प्रयोग गरिरहेका छन् । म त्यहाँ जादाँ कर्मचारी युनियनहरुको लफडा थियो । आफ्नो कार्यकालमा यो सबै सुधार गरेँ । युनियन र व्यवस्थापकको सम्बन्ध सुमधुर बनाए । यहीँ कारण नेपाल राष्ट्र बैंकको गभरर्नरबाट ‘इन्डस्ट्रियल पिस’ अवार्ड पनि प्राप्त गरे । बैंकको आफ्नै भवन बनाउनु पर्छ भनेर आफ्नै सक्रियतामा भवन पनि निमार्ण भयो ।
एनसेलमा इन्ट्री
सबैले आफ्नो भविष्य राम्रो होस् भन्ने चाहन्छन् । एसविआइमा सबै बन्न सकिन्छ तर, सिइओ भने बन्न सकिन्न । यहि कारणले केहि सोच्नु पर्ने अवस्था आयो । एनसीएलमा भ्याकेन्सी खुल्यो । राम्रो सेवा सुविधा, राम्रो तलब मल्टिनेश्नल कम्पनीको कारणले एनसीएलमा जोडिए । त्यहाँ चार वर्ष काम गरेँ । एनसीएलको भित्री कुरा कोहिँ बुझ्न नचाहने तर, आरोप भने लगाइराख्ने । मेरो कार्यकालमा कहिले पनि कर छल्ने काम भएन । एनसीएल आफैँमा पवित्र संस्था हो । संस्था कहिले पनि फटाहा हुन्न । बिचौलीया र केही व्यक्तिले नराम्रो काम गरेता पनि एनसीएलले कर नतिर्ने र छल्ने उद्धेश्य कदापि राख्नै सक्दैन । एनसीएललाई सर्वसाधरणले हेर्ने दृष्टिकोण राम्रो छैन, र अझैँ पनि फटाहा कम्पनी भनेर चित्रण गरिन्छ ।तर यो सस्था पबित्र छ । यो मलेसियन सरकारको ७० पतिशत स्वामित्व रहेको सस्था हो । एक सरकारले अर्को सरकारलाइ लुट्ने, कर छल्ने कदापी सोच्दैन र हुदैन पनि । पछि सरकारले यहाँ सेवा गर्ने अवसर दिएको कारण त्यहाँबाट राजीनामा दिएँ ।
त्यसपछि निक्षेप तथा कर्जा सुरक्षण कोषको यात्रा…
पहिलेदेखि नै राज्यको सेवा गर्ने लक्ष्य थियो । त्यहीँ कारण अहिले निक्षेप कर्जा तथा सुरक्षण कोषमा छुँ । यहाँ आएपछि मैले वार्षिक नीति बनाउने काम गरेँ र त्यो बोर्डबाट स्वीकृत पनि भएर कार्यान्वयनको चरणमा छ । संस्थाको एक खालको संस्कृति थियो, त्यसलाई परिमार्जन गरेर नयाँ संस्कृतिको स्थापित गरेँ । सुरक्षण कार्यक्रमहरुलाई विस्तार गर्नु पर्छ भनेर ‘घ’ वर्गका संस्थालाई मात्र होइन ‘क’ वर्गका बैंकहरु पनि सुरक्षण कार्यक्रममा समेटिनुपर्छ भन्ने आवाज उठाए । त्यतिबेला क’ वर्गका बैंकहरु जम्मा चार वटा रहेका थिए । म आएपछि नयाँ क्यापिएन सुरुवात गरेँ । वित्तीय संस्थाको सिइओहरुलाई कन्भिन्स गरेँ। सुरक्षा कार्यक्रममा लाभहरुको बारेमा बताए । हाल मेरो कार्यकालमा थप १६ वटा बैंकहरुलाई जोडेर २० वटा पुगेको छ । ०३१ सालदेखि एउटै स्किम रहेकालाई समय सापेक्ष परिमार्जन गर्न लागि परेको छु । सातै प्रदेशहरुमा कहाँ के कस्ता सुधार गर्नु पर्ने सोहीअनुसार सुधार गर्न लागिपरेको छु । कर्मचारीहरुले काम गर्ने क्रममा के कस्ता समस्या झेलिरहेका छन् भन्नेबारे उनीहरुको समस्या समाधान गर्न पनि लागिरहेको छु । कोषमा म आउनुभन्दा अगाडी विभागीय प्रमुखहरुको बैठक नियमित रुपमा वस्ने गरेको थिएन । म आएपछि प्रत्येक महिनाको १५ गते शाखा प्रमुखहरुसँग मिटिङ बस्ने र तुरुन्तै सबै कुरा कार्यान्वयन हुँदै आएका छन् । कर्मचारीहरुलाई तालिमको अवसर पनि सुरुवात गराए । वार्षिकोत्सब मनाउने समेत परिपाटी थिएन् वार्षिक उत्सव सुरुवात गरेँ । कर्मचारीहरुको जन्म दिनमा जन्म दिन मनाएर हार्दिकता साट्ने वातावरण पनि बनाएँ ।
हाल कोषको अधिकृत पूँजी १००० गुणाले वृद्धि भई रु. १० अर्ब पुगेको छ भने चुक्ता पूँजीसमेत रु.१० अर्ब पुगेको छ । शुरुवाती दिनमा राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल बैंक लिमिटेडले प्रदान गर्ने रु.२५ लाख सम्मका प्राथमिक क्षेत्र कर्जा सुरक्षणमा मात्र सीमित कोषले हाल आफ्नो कार्यक्षेत्रमा व्यापक सुधार ल्याएको छ । हाल कोषले सुरक्षण कार्यक्रमअन्तर्गत निक्षेप सुरक्षण, कर्जा सुरक्षण, लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, साना तथा मझौला उद्यम कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षण, शैक्षिक तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जा सुरक्षण, निर्यात कर्जा सुरक्षण, पशुधन सुरक्षण क्षेत्र समेटिएका छन् । देशको आर्थिक विकासमा निक्षेप सुरक्षणको आवश्यकता र महत्व धेरै छ यसले निक्षेपकर्ताको हितको रक्षा गर्न, वित्तीय प्रणालीमा स्थायित्वका लागि, साना निक्षेपकर्ताहरूको निक्षेपको संरक्षण गर्न, वित्तीय प्रणालीमा प्रतिस्पर्धात्मकता बढाउने र आर्थिक उद्धार कार्यमा राज्यको कोषको प्रयोग घटाउने । त्यस्तै कर्जा सुरक्षणको महत्व बढेको छ । साथै, यसले जोखिमपूर्ण र विपन्न क्षेत्र÷क्षेत्रहरूमा लगानी गर्न बैंकहरूलाई प्रोत्साहन गर्ने, राष्ट्रको पिछडिएको क्षेत्रमा वित्तीय पहुँचलाई मद्दत गर्ने, विपन्न वर्गका लागि बैंकिङ सुविधा उपलब्ध गराउने, बैंकहरूमा पूँजी अभावको समस्यालाई न्यूनीकरण गर्न, स्वरोजगारको अवसर सिर्जना गर्न, यसले गरिबी निवारणमा मद्दत गर्छ, राष्ट्रको समग्र आर्थिक विकासमा सहयोग गर्ने जस्ता महत्वपूर्ण कामहरु गर्दछ ।
यसरी हुँदैछ कोषको विस्तार
आगामी ४ वर्षमा कोषलाई धेरै परिवर्तन गर्ने सोचेको छु । कोषको व्यवसाय विस्तार, कार्यक्षेत्र विस्तार, पूँजी वृद्धि, कानूनी व्यवस्थामा परिमार्जन, जनशक्तिको सुदृढीकरण, स्वचालित प्रणालीमा आधारित कागजविहिन कार्यालय, जोखिम व्यवस्थापनलगायतका क्षेत्रमा उपलब्धिमूलक कार्य गर्ने योजनाहरु रहेका छन् । कोषको कार्य प्रकृति र यसले बहन गरेको जोखिमको आधारमा अन्तर्राष्ट्रिय मान्यताबमोजिम कोषलाई आवश्यक न्यूनतम पूँजी र हाल कोषको विद्यमान पूँजी कोषको अनुपात तुलना गर्दा निकै नै ठुलो अन्तर देखिन्छ । यसका लागि विभिन्न माध्यमबाट पूँजी कोष बढाउनु पर्ने आवश्यकता छ । लगानीकर्ताबाट पूँजी थप गरी पूँजी बढाउने हो भने सरकारकै मुख ताक्नु पर्ने अवस्था छ ।
मैलै यस विकल्पलाई अन्तिम विकल्पको रुपमा लिएको छु र यस बाहेकका अन्य विकल्पहरु (जस्तैः रणनीतिक साझेदार वा संस्थागत लगानीकर्तालाई भित्र्याउने, सार्वजनिक शेयर निष्काशन, विदेशी दातृ निकाय मार्फत सहायता लिने) खोजी गर्न अध्ययन तथा छलफलको क्रममा छु । यसका लागि ठोस विकल्प निकालेर लगानीकर्तासमक्ष उपयुक्त राय पेश गर्ने तयारीमा छु ।