भारतको आक्रमणमा परी २६ पाकिस्तानीको मृत्यु, ४६ घाइते

काठमाडौं। भारतले पाकिस्तानमाथि गरेको आक्रमणमा परी २६ पाकिस्तानी नागरिकको ज्यान गएको छ। बुधबार बिहानै पाकिस्तानका विभिन्न स्थानमा भारतले गरेको आक्रमणमा परी २६ जनाको ज्यान गएको र ४६ जना घाइते भएका पाकिस्तानले बताएको छ।
Advertisement 1
पाकिस्तानी पत्रिका पाक्अब्जर्बरले सेनाले पुष्टि गरेको उल्लेख गर्दै २६ जना निर्देष पाकिस्तानीको हत्या गरिएको बताएको छ। भारतले पाकिस्तानमा रहेका ९ वटा आतंकवादी क्षेत्रमा आक्रमण गरिएको बताएको छ। सो क्रममा १ सय जनाभन्दा बढी आतंककारीको मृत्यु भएको भारती सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
पाकिस्तानले भने भारतले ६ वटा क्षेत्रमा आक्रमण गरिएको र त्यसमा पनि ३ वटा मस्जिदमा आक्रमण गरिएको बताएको छ।
Advertisement 2
यसअघि बिबिसी, सीएनएनलगायत सञ्चारमाध्यमले भारतको आक्रमणबाट बालबालिकासहित ७ जनाको मृत्यु भएको उल्लेख गरेका थिए।
पछिल्लो समय पाकिस्तानी सेनाले पत्रकार सम्मेलन गरेरै २६ जनाको मृत्यु र ४६ जना घाइते रहेको विवरण सार्वजनिक गरेको हो। त्यस्तै कैयौं सर्वसाधारण हराइरहेका पनि पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।