राति ८ बजेसम्म सीडीओ कार्यालयबाट नागरिकता वितरण

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आइतबार राति करिब ८ बजेसम्म नागरिकता वितरण गरेको छ ।

Advertisement 1

आइतबार जिल्ला प्रशासनले रेकर्ड तोड्दै अत्याधिक नागरिकता वितरण गरेको हो । सामान्यतया यो समय खाना खाने र सुत्ने समय भए पनि कर्मचारीहरू नियमित काममा निरन्तर जुटिरहेका थिए भने बाहिर सेवाग्राहीहरूको भिडभाड थियो ।

हालसम्मको आफ्नो रेकर्ड तोड्दै जिल्ला प्रशासन कार्यालयले अत्याधिक संख्यामा नागरिकता वितरण गरेको छ । ‘कार्यालयबाट इतिहासमै सबैभन्दा नागरिकता वितरण गरियो’, सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले भने, ‘आज (आइतबार) एकैदिन १९९ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ ।’

Advertisement 2

दसैंतिहारको बिदामा घरमा आएका विद्यार्थीहरूले नागरिकता बनाउने भएका कारण यस समय प्रायःजसो व्यस्त नै हुने भए पनि यस पटक भने रेकर्ड नै कायम भएको खनालले बताए ।

‘हालसम्म एकैदिनमा करिब १५० जनाले नागरिकता लिएको देखियो’, खनालले भने, ‘कार्यालयको रेकर्डमा रहेसम्म यो हालसम्मकै उच्च संख्या हो ।’

प्रकाशित :२०७८ कार्तिक ८, सोमबार १०:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry