गण्डकी प्रदेशमा बजेटको तयारी

गण्डकी। गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि तयारी थालेको छ।
Advertisement 1
बजेट तर्जुमा र समन्वयका विषयमा स्थानीय तहहरुसँग पूर्वतयारी छलफल भइरहेको मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्यालले जानकारी दिए। नवलपुर र तनहुँमा बजेट पूर्वतयारी छलफल भइसकेको उनको भनाइ छ।
‘निजी क्षेत्रका उद्योगी, व्यवसायी र अर्थ विज्ञसँग पनि बजेट निर्माणबारे छलफल भइरहेको छ,’ महाशाखा प्रमुख रिज्यालले भने, ‘आगामी जेठ १ देखि ११ गतेसम्म विषयगत मन्त्रालयसँग छलफल गर्दैछौँ।’ बजेट निर्माणमा सम्बन्धित निकाय र सरोकार भएका पक्षहरुको अपेक्षा र रायसुझाव लिइएको उनले बताए।
Advertisement 2
छलफलका क्रममा स्थानीय तहहरुले बजेट समावेशी र प्रभावकारी बनाउन सुझाव दिएका छन्। बजेट निर्माणको प्रक्रियालाई सहभागितामूलक बनाउन पूर्वतयारी छलफलले मन्त्रालयलाई महत्वपूर्ण सहयोग पुगेको उनको भनाइ छ।