एनएमबि क्यापिटलद्वारा दैवी प्रकोप उद्धार कोषमा १५ लाख सहयोग

काठमाडौं। एनएमबि क्यापिटल लिमिटेडले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ।
Advertisement 1
बाढीबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम कोषमा प्रदान गरिएको एनएमबि क्यापिटलले जनाएको छ।
कम्पनीका अनुसार कोषमा उपलब्ध गराइएको रकमबाहेक संस्थामा कार्यरत कर्मचारीहरूले समेत छुट्टै रकम संकलन गरेका छन्। कर्मचारीहरूबाट संकलित उक्त रकमबाट विभिन्न राहत सामग्री खरिद गरी नेपाल सरकारको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा, टेकुमा उपलब्ध गराइएको छ। बाढी तथा विपद्का कारण ज्यान गुमाउनेहरूप्रति एनएमबि क्यापिटलले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
Advertisement 2
त्यस्तै, बाढीका कारण बेपत्ता भएकाहरूको शीघ्र तथा सकुशल उद्धार र घाइतेहरूको द्रुत स्वास्थ्यलाभको कामना गर्दै क्यापिटलले विपद्को यस कठिन समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएको छ।








