टुंग्गियो १९३७ कर्मचारीको समायोजन मिलान,बाँकी ४६३ को कहिले ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोश्रो पटक ४१७ जना कर्मचारीहरुको समायोजन मिलान टुंग्याएको छ । यस अघि नै मन्त्रालयले १ हजार ५०० बढी स्वास्थ्यकर्मीको समायोजन मिलान टुंग्याइसकेको थियो । समायोजन मिलानका लागि २ हजार ७ सय कर्मचारीले निवेदन पेश भएकामध्ये पहिलो चरणमा १ हजार ५ सय २० जना स्वास्थ्य कर्मचारी समायोजन गरेको मन्त्रालयले दोश्रो चरणमा थप ४१७ जना कर्मचारीको समायोजन मिलान गरेको हो । मन्त्रालयले हालसम्म १ हजार ९ सय ३७ जना कर्मचारीहरुको समायोजन मिलान टुंग्याएको छ ।
स्वास्थ्य मन्त्रालयले कर्मचारी समायोजन गरिँदा प्रदेश र स्थानीय तहको सहमति अनुसार कर्मचारीहरु एक प्रदेशबाट अर्को प्रदेश, प्रदेशबाट स्थानीय तह र एक स्थानीय तहबाट अर्को स्थानीयत तहमा समायोजन तथा मिलान गर्न सकिने व्यवस्था गरेको थियो ।
Advertisement 1
समायोजन मिलानका लागि २ हजार ७ सय भन्दा बढीले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये केहीको प्रक्रिया नपुगेको र केहीको कागजपत्र नपुगेको र केही दोहोरिएको भन्दै १५ सय ५२ जनाको समायोजन मिलान पहिलो चरणमा टुंग्याएको मन्त्रालयले दोश्रो चरणमा थप ४१७ को समायोजन टुंयाएको हो ।
Advertisement 2
कर्मचारी समायोजन मिलानको दोस्रो सूची सार्वजनिक गरेको छ । दोस्रो सूचीमा ४१७ जना कर्मचारीको समायोजन मिलान गरिएको मन्त्रालयले जनाएको छ दोस्रो चरणको समायोजन मिलानमा ४१७ जनाको समायोजन भएसँगै अब १ हजार ९ सय ३७ कर्मचारीको समायोजन मिलान भएको छ ।
अब ४ सय ६३ जना स्वास्थ्यका कर्मचारीको समायोजन मिलान हुन बाँकी छ ।
मन्त्रालयले कर्मचारी समायोजनका लागि गत १ फागुनबाट फागुन मसान्तसम्म समायोजन हुन चाहने कर्मचारीबाट आवेदन लिएको थियो ।
समायोजन मिलानको सूची हेर्न तलको लिंकमा क्लिक गर्नुहोस :
Advertisement 3
https://mohp.gov.np/en/news/scholarships/710-2021-04-16-05-14-21