खुल्यो स्थानीय तहका कर्मचारीको सरुवा,२० वैशाखभित्रै आवेदन दिनुपर्ने

महिना दिन अघि रोकिएको स्थानीय तहका कर्मचारीहरुको सरुवा सूचारु भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत्र १ गते सूचना जारी गर्दै स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको थियो ।
झण्डै एक महिना साता दिनपछि स्थगित भएको सरुवा सुचारु हुने भएको छ ।
मन्त्रालयको गत ८ वैशाखको मन्त्रिस्तरीय निर्णय अनुसार, स्थानीय तहका कर्मचारीहरुको अन्तर स्थानीय कार्यलाई थप व्यवस्थित बनाउन लोक सेवा आयोगबाट स्थायी नियुक्ति भएका कर्मचारी व्यवस्थापन सम्बन्धि मापदण्ड ( संशोधनसहित) तयार गरेको छ ।

Advertisement 1


जसअनुसार दोहोरो सहमति पत्र तयार भएको ( प्रमुख र प्रमुख प्रशासकी अधिकृतले छाड्ने र आउने दुबै तहबाट स्वीकृती) दिएको सहमती पत्र,स्थानीय तहमा भएको नियुक्ति पत्र र कामकाजको लागि अनुरोध गरी दिएको निवेदन पत्र संग्लग्न गरी [email protected] मा आगामी २० वैशाखभित्र निवेदन पेश गर्नुपर्नेछ ।
मन्त्रालयले कोभिड १९ को महामारीलाई दृष्ट्रिगत गर्दै हार्ड कपि नबुझ्ने तर अनलाइनबाटै इमेल गर्नुपर्ने प्रष्ट पारेको छ ।
यस्तै,मन्त्रालयले यस अघि कै इमेल गरिएका निवेदन उपर यस अघि कै कागजातको आधारमा आवश्यक निर्णय गरिने उल्लेख गर्दै पुन इमेल गरिराख्नु नपर्ने जनाएको छ ।
सरुवासँग सम्बन्धित निवेदन मन्त्रालयमा दर्ता नगरिने र नबुझिइने हुँदा अनिवार्यरुपमा इमेलमार्फत पठाउनु पर्ने मन्त्रालयले जनाएको छ ।
यसैगरी लोक सेवा आयोगमा पदपूर्तिका लागि माग गरिएका, समायोजन संशोधनमार्फत पदपूर्ति भएका, एउटा पदको लागि एकभन्दा बढी सहमति प्रदान गरिएका पदहरूमा काज काजमा नखटाइने पनि मन्त्रालयले जनाएको छ साथै विगतमा सहमति प्रदान गरिएको भएता पनि हाल कामकाजको लागि नखटाई दिन अनुरोध भइ आएका स्थानीय तहहरुमासमेत कर्मचारी खटाइने छैन ।

 

प्रकाशित :२०७८ बैशाख १०, शुक्रबार १३:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry