नेपाल भित्रियो कोभिडविरुद्धको १० लाख डोज खोप

भारतले अनुदानबापत उपलब्ध गराएको १० लाख डोज खोप नेपाल आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार मध्यान्ह १२ बजे एयर इन्डियाको विमानमा १० लाख डोज खोप नेपाल अवतरण गराइएको हो।
उक्त खोपसहितको एयर इन्डियाको विमान केही बेरअघि त्रिभुवन विमानस्थलमा ओर्लिएको छ ।

Advertisement 1

विमानस्थलमा खोप बुझ्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी लगायत स्वास्थ्य मन्त्रालयको टोली विमानस्थलमा पुगेका छन् । सो खोप नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण गर्दैछन्। नेपाली अधिकारीहरु खोप बुझ्न विमानस्थल पुगेका छन् ।

अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्ष्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाल ल्याइएको हो ।

प्रकाशित :२०७७ माघ ८, बिहीबार १२:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry