४० बर्षपछि जडिबुटी कम्पनी नाफामा,कर्मचारीलाई बाँड्यो बोनस

राजनीतिक नियुक्तिका कारण थिलथिलो छनु अधिकांश सरकारी संस्थानहरु । उही हबिगतमा थियो जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी । जब यस्को कमाण्डर बनेर नेतृत्व सम्हाल्न पुगे ज्ञानेश्वर कार्की । कम्पनीले कमालै गरेको छ । कार्की खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त थिए दुई बर्ष अघि ।
Advertisement 1
राइट म्यान इन राइट प्लेस भएको खण्डमा त्यसको परिणाम पनि सकरात्मक देखिदो रहेछ भन्ने यो एउटा उदाहरण हो । यस अघि नै नलसिंह गाड जलविद्युत् विकास समितिमा बोर्ड सदस्य, अन्तर्राष्ट्रिय गैसस डानिडामा १५ वर्ष काम गरेको र व्यवस्थापन विषयमा एमबीए अध्ययन कार्कीले सो कम्पनीको नेतृत्व लिएसँगै आफ्नो टिमको सही परिचालन गरी पछिल्लो समय कम्पनीलाई मुनाफामा लगिरहेका छन् ।
महाप्रवन्धक कार्कीका अनुसार, कम्पनीले ०७५/७६ देखि नाफा कमाउन थालेको हो। यस कम्पनीले पहिलो पटकको नाफामा कर तिरेर रु एक करोड ९२ लाख कमाउन सफल भएको थियो । यस्तै ०७६ ७७ मा यस कम्पनीले रु एक करोड २२ लाख नाफा आर्जन गर्न सफल भएको छ ।कम्पनीले स्थापनाको चालिस बर्षपछि नाफा आर्जन गर्न सफल भएको हो ।
Advertisement 2
विसं २०३८ मा स्थापित सरकारी कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा पहिलो पटक नाफा कमाउन र त्यो नाफाबाट कामदार तथा कर्मचारीलाई बोनससमेत बाँड्न सफल भएको हो । कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीका अनुसार सो कम्पनीले गत आर्थिक बर्षको खुद नाफाबाट सात लाख रुपैयाँ बराबरको बोनस कामदार तथा कर्मचारीलाई वितरण गरेको थियो । आव २०७७/७८ मा एक करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यस्का अलवा कम्पनीले अहिले भवन निर्माण अन्तिम चरणमा पुगेको छ।कम्पनीले लोकप्रिय उत्पादन सन्चोलाई आधुनिकतामा प्रवेश गराउने भएको छ। यसै आर्थिक वर्षदेखि ८५ लाख थान सन्चो सिसी उत्पादन तथा बिक्री वितरण गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको बताइएको छ ।
Advertisement 3