प्राधिकरणमा कुलमान : ओभरटाइम कामका नाममा १ अर्ब १९ करोड रुपैयाँ गैरकानुनी भुक्तानी

प्रेम चन्द, काठमाडौं। नेपाल विद्युत् प्राधिकरणमा ‘ओभरटाइम’ भत्ताका नाममा १ अर्ब १९ करोड रुपैयाँ गैरकानुनी रुपमा भुक्तानी भएको खुलेको छ। प्राधिकरणबाट सोमबारमात्रै बर्खास्तीमा परेका प्रमुख कुलमान घिसिङकै तजबिजमा १ अर्ब १९ करोड ५९ लाख ७१ हजार ६ सय १५ रुपैयाँ गैरकानुनी रुपमा भुक्तानी भएको खुलेको हो।

Advertisement 1

उक्त रकम आर्थिक वर्ष २०७६/७७ र २०७७/७८को १६ महिनामा मात्रै भुक्तानी भएको हो। चमेलिया जलविद्युत आयोजनाको निर्माण कम्पनीले २०७४ सालदेखि ८५ करोड रुपैयाँ भुक्तानी नपाइरहेका बेला प्राधिकरणले गैरकानुनी रुपमा १ अर्ब १९ करोड रुपैयाँ भुक्तानी गरेको हो।

घिसिङको पहिलो कार्यकालको अन्तिम आर्थिक वर्ष २०७६/७७मा मात्रै ९१ करोड ४८ लाख ४७ हजार २४४ रुपैयाँ गैरकानुनी भुक्तानी भएको पाइएको हो। २०७७ साउनमा उनको पहिलो कार्यकाल सकिएपछि सोही वर्षमा भदौमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालाले पाएका थिए। त्यसपछि कार्तिक अन्तिम साता प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यले पनि पाएका थिए।

Advertisement 2

आर्थिक वर्ष २०७७/७८ को साउनदेखि कार्तिकसम्म थप २८ करोड ११ लाख २४ हजार ३ सय ७१ रुपैयाँ ओभरटाइम कामको नाममा भुक्तानी भएको छ। कुलमान घिसिङको पहिलो कार्यकालको अन्तिम आर्थिक वर्ष र त्यसपछिको आर्थिक वर्षको ४ महिनामा गरी १ अर्ब १९ करोड ५९ लाख ७१ हजार ६ सय १५ रुपैयाँ ओभरटाइम कामको नाममा भुक्तानी भएको छ।

उक्त भुक्तानी गैरकानुनी रहेको राष्ट्रिय सतर्कता केन्द्रले औंल्याएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा परेको उजुरीको आधारमा गरिएको अनुसन्धानबाट प्राधिकरणमा रहेका बेइथितिको अर्को उदाहरण बाहिर आएको हो।

Advertisement 3

कुन वितरण केन्द्रबाट कति भुक्तानी?


याे आर्थिक वर्ष २०७६/७७ मा भुक्तानी भएको विवरण हो। यसमा ५० लाख रूपैयाँभन्दा बढी भुक्तानी भएको विवरणमात्रै समावेश छ।

त्यस्तै आर्थिक वर्ष २०७७/७८को ४ महिना (साउन–कार्तिक)मा पनि बानेश्वरलगायत वितरण केन्द्रमार्फत थप रकम भुक्तानी भएको छ। २० लाख रुपैयाँभन्दा बढी भुक्तानी भएको विवरण यस प्रकार छ।

कसरी गैरकानुनी?

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सेवा, सर्त विनियमावली २०७५ अनुसार प्राधिकरणका कर्मचारीले ओभरटाइम (अतिरिक्त समय) काम गरेको भत्ता र खाजा खर्च लिन पाउँछन्। तर, भत्ता र खाजा खर्च पाउन दैनिक कम्तीमा १ घण्टा ओभरटाइम काम गरेको हुनुपर्छ।

प्राधिकरण सेवा, सर्त विनियमावली २०७५ को विनियम ९७ अनुसार कर्मचारी विदामा बसेमा वा अनुपस्थित भएमा बढी अवधि काम गर्नुपर्ने स्पष्ट किटान गरी ओभरटाइम काममा लगाउन सकिने उल्लेख गरिएको छ। विनियम ९७ को ६ मा ‘गणना गर्दा प्रत्येक दिन न्यूनतम १ घन्टा अतिरिक्त समय काम गर्नुपर्ने’ स्पष्ट लेखिएको छ।

तर, कुलमान नेतृत्वका कर्मचारीले १ मिनेट पनि ओभरटाइम काम नगरी दैनिक ४ घन्टाका दरले ओभरटाइम गरेको भुक्तानी लिएका छन्।

उदाहरणका लागि बानेश्वर वितरण केन्द्रका सूर्यबहादुर रानाले २०७७ असोज १६ गतेदेखि कार्तिक १५ गतेसम्म हाजिरी विवरणमा ० (शून्य) घन्टा ओभरटाइम लेखेका छन्। हाजिरीमा शून्य घन्टा ओभरटाम काम उल्लेख गर्नुको अर्थ ओभरटाइम काम नगरिएको हो।

तर, उनै कर्मचारीले सोही अवधिमा दैनिक ४ घन्टाका ६८ घन्टाको अतिरिक्त भत्ता लिएका छन्। ‘निजको हाजिरी विवरण अनुसार ० घण्टा ओटी उल्लेख भएकोमा प्रमाणित ओटीमा प्रत्येक दिनको दिन ४ घण्टाको दरले ६८ घण्टा उल्लेख हुनु गैरकानुनी देखिन्छ,’ सतर्कताले प्रतिवेदनमा किटान गरेरै लेखेको छ।

बानेश्वर वितरण केन्द्रलगायत अन्य केन्द्रका कर्मचारीका नाममा समेत प्राधिकरण केन्द्रीय कार्यालयकै तजबिजमा ठूलो रकम गैरकानुनी भुक्तानी गरिएको सतर्कताले औंल्याएको हो। सतर्कताले थप छानबिनका लागि उक्त प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको बताएको छ।

विद्युत् प्राधिकरणमा २ अर्ब ३९ करोडको ठेक्का : ‘ग्लोबल टेण्डर’मा कुलमानको बलमिचाइँ

२ अर्ब ३९ करोडको ठेक्का : न्यायिक फैसला कार्यान्वयनमा कुलमानको अटेरी

२ अर्ब ३९ करोडको ठेक्का : कुलमानको बलमिचाइँप्रति सांसदहरुको प्रतिक्रिया

२ अर्ब ३९ करोडको ठेक्कामा कुलमानमाथि छानबिन माग, अख्तियारमा उजुरी

कुलमान घिसिङ : प्राधिकरणका एमडी हुन् कि? भारतीय कम्पनीलाई पोस्ने एजेन्ट?

अटेरी कुलमान

कुलमानका दाई एजेन्ट रहेको कम्पनीलाई ठेक्का दिन विदेशी दाता ईआईबीकै ‘गाइडलाइन’ उल्लंघन

कुलमान घिसिङलाई योगेश भट्टराईको प्रश्न : प्राधिकरण भित्रका ठेक्कापट्टा कसरी भएका छन्?

लेखा समितिमा कारबाही पर्खिरहेको कुलमानमाथिको अर्को मुद्दा

कुलमानमाथि छानबिनमा अख्तियार आफैं अग्रसर होऊ

कुलमान घिसिङ : लोकप्रियताको काम एक, अनियमितता अनेक

२ अर्ब ३९ करोडको ठेक्का : ईआईबीले माग्यो कागजात, संशोधित बोलपत्रमा १० करोड घाटाको नाटक

अनियमिततामा फस्नसक्ने कुलमानका सारथी

चौतर्फी विवादमा कुलमान : लक्जमवर्गदेखि नेपालका अड्डाअड्डामा उजुरी, छानबिन गर्न माग

‘आर्थिक प्रस्ताव खोलिसकेपछि जाँचबुझ समिति गठन गर्नु गैरकानुनी हो’

डेढ अर्ब बढीको तार आपूर्तिको ठेक्कामा पनि कुलमानको बदमासी : न्यायिक निकायले दुईपटक दिएको आदेश मानेनन्, उच्च अदालतले लगायो घिसिङको जबर्जस्तीमा ब्रेक

पीपीआरसीकै इजलासमा प्राधिकरणकै कानुन अधिकृतको दाबीले बल पुग्छ- व्यक्तिगत स्वार्थमै कुलमानको जाँचबुझ समिति

२ अर्ब ३९ करोडको ठेक्कामा अख्तियारले थाल्यो कुलमानमाथि छानबिन, राजन ढकाल पनि मुछिने

कुलमानको अर्को बदमासी : ६ अर्बको ठेक्कामा पनि ‘सेटिङ’

रोकिएन ठेक्कामा कुलमानको जबर्जस्ती : छानबिनमा रहेकै ठेक्कामा पुनः टेन्डर आह्वान

कुलमानसँग सरकारले माग्यो ४ वर्षयताका ठेक्काको विवरण, विवादित ठेक्काको कारणसमेत उपलब्ध गराउन निर्देशन

चर्चाको उन्मादमा भ्रष्ट कुलमान, यी हुन् कानुन नमानेका प्रमाण

कुलमानलाई स्पष्टीकरण : यस्तो छ १५ बुँदेको आधार

पुनः टेन्डर गर्न ईआईबीको स्वीकृति भन्दै कुलमानले मन्त्रालयलाईसमेत ढाँटे

कुलमानले विवाद निम्त्याएको ठेक्कामा पुनः टेन्डरको प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश

कुलमानको केटाकेटीपन : सरकारी निर्देशनको ‘ठ्याक्कै विपरित’ गर्न उद्यत

सरकार-कुलमान बढ्दो टसल, सरकारले हटाए कुलमानलाई सजिलो छैन अदालतको बाटो!

कुलमानलाई धक्का : २ अर्ब ३९ करोड रुपैयाँको ठेक्कामा पीपीआरसीकै फैसला कार्यान्वयन गर्नुपर्ने उच्च अदालत पाटनको फैसला

ठेक्का प्रक्रियामा कुलमानमाथि छानबिन गर्न समिति गठन, किर्तेमा पनि मुछिन सक्ने

ऊर्जा क्षेत्रको विकृति : स्वार्थ हाबी हुँदा बन्धक पूर्वाधार, मन्त्रीका कारण कांग्रेस बदनाम!

कुलमानलाई उनकै कर्मचारीको सुझाव : ‘संस्थाको माया भए राजीनामा गरी मार्ग प्रशस्त गर्नुहोस्’

‘कुलमानमा मै हुँ भन्ने प्रवृत्ति छ’

विद्युत् प्राधिकरण प्रमुख नियुक्ति र हटाउने प्रक्रिया ऊर्जा मन्त्रालयबाटै हुन्छ, तर कुलमानले भने- ‘हटाउने अधिकार मन्त्रिपरिषद्लाई मात्रै हुन्छ’

नाफाको निरन्तर हल्ला फैलाउने विद्युत् प्राधिकरणको ऋण नै पौने ३ खर्ब

संसद्मा ऊर्जा मन्त्रीको प्रश्न : कुलमान कानुनभन्दा माथि हो?

अटेरी कुलमानलाई सफाइको मौका

लोडसेडिङ हटाउँदा पुनः नियुक्ति, दोस्रो कार्यकालमा मैमत्त बनेपछि बर्खास्त

कुलमानको लोकप्रियताको सिकार बनेका हितेन्द्र

प्रकाशित :२०८१ चैत्र १३, बुधबार १५:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry