रिटायर्ड कर्मचारीलाई कहाँ- कहाँ छ नियुक्तिको अवसर ?

अर्थ मन्त्रालय मातहतका झण्डै आधा दर्जन निकायका प्रमुख विहिन छन् । नेपाल धितोपत्र वोर्डका अध्यक्ष रमेश हमाल घर गएसँगै उक्त निकाय प्रमुख विहिन छ ।यस्तै,नेपाल पुर्नवीमा कम्पनी,राष्ट्रिय वीमा कम्पनीको जीवन तथा निर्जिवन दुबैतर्फ प्रमुख पद रिक्त छ ।

Advertisement 1

यस्का अलवा नेपाल बैंकका सिइओ पद समेत रिक्त छ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पुरुषोत्तम खनाल समय अगावै राजीनामा दिएर हिडेसँगै प्राधिकरणका अध्यक्ष पद रिक्त छ । नियुक्तिका लागि विज्ञापन खुलाइसकेको छ मन्त्रालयले ।

आयल निगमका कार्यकारी निर्देशक उमेश थानी समय अगावै राजीनामा बुझाएर हिडेपछि त्यहाँ जागिर खानका लागि १४ भाइले चासो देखाएका छन् । जसमा गोर्खाका चण्डिकाप्रसाद भट्टसहितका मोरङका तीन जना पङ्कजकुमार दास, माधव रेग्मी र आमोदप्रसाद चौधरीले निवेदन दिएका छन् । त्यस्तै टोखा–६, काठमाडौँका दिलीप शेखर श्रेष्ठ, भीमसेन थापा गाउँपालिका–१, , लक्ष्मीपुर–८, दाङका वसन्तकुमार पाण्डे, बागलुङ नगरपालिका–९ का डोलिन्द्रप्रसाद शर्मा र ललितपुर महानगरपालिका–२४ का शत्रुध्नप्रसाद पुडासैनीले निवेदन दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार लोहारपट्टि नगरपालिका–३, महोत्तरीका कमलेन्द्रलाल कर्ण, बुढानीलकण्ठ नगरपालिका–८, काठमाडौँका उत्तरकुमार रेग्मी, भरतपुर महानगरपालिका–१४, चितवनका डा डोलप्रसाद चापागाईँ, टोखा नगरपालिका–८, काठमाडौँका सहदेव चन्द, धनुषाधाम–२ का रामदेव यादव र राजविराज–१३, सप्तरीका सञ्जीवकुमार श्रेष्ठले निवेदन दिएका छन् । काँग्रेसी,पहिला नै आयल निगममा बसेर स्वाद चाखिसकेका भएका कारण चण्डीकाकै प्रवल सम्भवना छ भन्नेहरु छन् ।

Advertisement 2

दुग्ध विकास संस्थानको डिजीलाई मन्त्रालयमा तानेर त्यहाँ पनि निमित्तकै शासन चलाइएको छ । यस्का अलवा अर्थ मन्त्रालय मातहतकै धितोपत्र वोर्ड अध्यक्षविहिन छ । त्यहाँ आफू अनुकुलका मान्छे फिट गराउनका लागि मारवाडी व्यापारीहरु खेलोमेलो गरिरहेका छन् । आफ्नो कम्पनीलाई लाइसेन्स दिन सक्ने मान्छे खोज्दैछन्,मारवाडी व्यापारीहरु । त्यस्का लागि ३० खोकासम्म खर्च गर्न तयार रहेको विचौलियाहरु बताउँदै हिड्ने गरेका छन् ।
यस्तै महिना दिन पछाडि नै राष्ट्रिय वाणिज्य बैंकको सिइओ किरण कुमार श्रेष्ठ घर फर्कदैछन् । त्यहाँ पनि राजनीतिक तबरबाट नियुक्ति हुनेछ । यी नियुत्तिका लागि सरकारका सहसचिव,सचिवबाट रिटायर्ड भएका कर्मचारीहरु योग्य हुनसक्छन् ।

पछिल्लो समय सरकारले जनमुखी केही काम गर्न नसकेपछि विभिन्न सरकारी निकायमा राजनीतिक तबरबाट कर्मचारी नियुक्ति गर्ने र रकम उठाउने धन्दा चलिरहेको छ । राजनीतिक नेतृत्वले योग्य,सक्षम र इमान्दार व्यक्ति भन्दा पनि विचौलियाले बोकेका पात्रलाई लाभको पदमा लगेर नियुक्ति दिने प्रवृत्ति विकृतीका रुपमा मौलाइरहेको छ ।

प्रकाशित :२०८० माघ २१, आईतवार १०:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry