सुनको मूल्य ३ सय र चाँदीको मूल्य ३५ रुपैयाँ बढ्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबर सुनको मूल्य ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको हो।
Advertisement 1
बिहीबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य प्रतितोला १९ सय ८५ रुपैयाँ तोकिएको छ।
यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १९ सय ५० रुपैयाँका दरले कारोबार भएको थियो।
प्रकाशित :२०८१ फाल्गुन २२, बिहीबार १०:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%