कालोसूचीमा परे यी सात कम्पनी

सार्वजनिक खरिद अनुगमनको कार्यालयले सात कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौताअनुसार काम सम्पन्न नगरेको भन्दै सरकारले ती कम्पनीलाई कालोसूचीमा राखेको हो ।
यसरी कालोसूचीमा पर्ने कम्पनीमा बालन ब्रदर्श कन्स्ट्रक्सन एण्ड सप्लायर्स, बरदान कनसल्टेन्ट एण्ड कन्स्ट्रक्सन,डाइग्नोकेम– जय शम्भु जेभी, ग्रीन टेक प्रोजेक्ट प्रालि, एस एन सी निर्माण सेवा, शाह निर्माण सेवा तथा आरोग्य कन्स्ट्रक्सन प्रालि रहेका छन्।

Advertisement 1


विभिन्न कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।
यसरी कालोसूचीमा परेका कम्पनीले एक वर्षसम्म सरकारी निकायको कुनै पनि खरीद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् ।

प्रकाशित :२०७८ माघ ६, बिहीबार ०९:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry