सुरिया हेल्थकेयरको प्रयोगशाला सञ्चालन अनुमति निलम्बन

कोभिड – १९ को फर्जी रिपोर्ट दिने धन्दा चदाउँदै आएको सिनामंगलस्थित सूरिया हेल्थ केयर निलम्बनमा परेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले फर्जी रिपोर्टका बारेमा अनुसन्धान जारी रहेको भन्दै सञ्चालन अनुमति निलम्बन गरेको हो ।

Advertisement 1

सञ्चालन अनुमति निलम्बन गरेको प्रयोगशालाले आम सर्वसाधारणलाई अर्को आदेश नभएसम्म सूरियामा गएर कोभिड (१९ को परीक्षण नगर्न सूचना जारी गरेको छ ।

यसअघि महानगरीय प्रहरीले मंगलबार सूरिया हेल्थकेयर प्रालिका सञ्जालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहित ८ जनालाई पक्राउ गरेको थियो ।

Advertisement 2

यस्तै सूरियामा कोभिड जाँच गराई विदेश जान लागेका एक सय भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

सो हेल्थकेयरले स्वाव नै नलिई महंगो मूल्यमा नेगेटिभ रिपोर्ट फर्जी दिने गरेको प्रहरीले जनाएको छ ।

Advertisement 3

 

प्रकाशित :२०७८ बैशाख ९, बिहीबार १४:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry