तीन दफाले प्रदेश निजामती मारमा, विधेयक सच्याउन सचिवसहितका कर्मचारीको माग

काठमाडौं। संघीय निजामती सेवा विधेयकले ठूलो विभेद हुने भएकाले संशोधनका लागि सचिवसहित केहि कर्मचारीले माग गरेका छन्।

Advertisement 1

आइतबार बागमती प्रदेशका सचिव दीपेन्द्र सुवेदीसहित केहि प्रतिनीधि कर्मचारीहरूले संघीय निजामती सेवा विधेयकमा रहेको प्रावधानले प्रदेश निजामती कर्मचारीमाथि ठूलो विभेद हुने भन्दै सो प्रावधान सच्याउन माग गरेका हुन्

Advertisement 2

संघीय निजामती सेवा विधेयकको दफा ११४ ९२० र ११६ ९३० मा संघीय कर्मचारीलाई १० वर्षसम्म प्रदेश सचिव पदमा कामकाज गर्न खटाउने प्रावधान राखिएको छ। यस्तो व्यवस्थाले प्रदेश निजामती सेवाको ११औं तहमा कार्यरत कर्मचारीहरूको वृत्ति विकास रोकिने भन्दै सो प्रदेशका सचिवसहितका केहि प्रतिनिधि कर्मचारीहरूले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई ज्ञापन पत्र बुझाएका हुन।

प्रकाशित :२०८२ असार २९, आईतवार १६:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry