रसुवा भन्सारमा सुरक्षाकर्मी खटाउँदाको रडाको

आर्थिक लालच र कोही व्यक्तिसँगको पूर्वाग्रहमा गृह मन्त्रालयको नाम बेच्दै तल्लो दर्जाका अफिसरलाई सेक्न सशस्त्र प्रहरीको हल्चोक मुख्यालय सक्रिय भएको छ ।
रसुवाको टिमुरेस्थित भन्सारमा रहेको बोर्डर आउट पोष्ट (बिओपी) मा हाजिर भएको सात महिनामै इन्स्पेक्टर नारायण केसी तानिए । र, दक्षिणको भन्सार सिराहामा काण्ड लागेर तानिएका अर्का इन्स्पेक्टर कक्कुराम बुढाथोकी उत्तरी भन्सारमा पठाइए । जबकि, बिओपीपतिका रुपमा पालो पर्खिएर बसेका १०–१२ जना इन्स्पेक्टरले अहिलेसम्म मौका पाएका छैनन् । काण्ड लागेर थन्क्याइएका अफिसरले भने पालो फेरिफेरि पोष्टिङ खाइरहेका छन् ।

Advertisement 1

यो त सतहमा देखिएको झाँकी मात्रै हो । भित्री कुरा छ– आइजिपी शैलेन्द्र खनालपछिको वरियतामा रहेका एआइजी पुष्पराम केसीको खातिरदारी ग¥यो, आइजी सचिवालयले अह्राएअनुसारको उठ्तीपुठ्ती गरेन भन्ने आरोप । कोशेलीमा आइजी सचिवालयसँगै गृहमन्त्रीका सचिवालयको पनि सरोकार मिल्दा असईबाट जागिर खाएका र १८ वर्षको जागिरे जीवनमा पहिलोचोटि कमाण्ड सम्हाल्न पुगेका इन्स्पेक्टर नारायणलाई ‘साँढेको जुधाई, बाच्छाको मिचाई’ झैँ बनाइएको चर्चा छ । एआइजी पुष्पराम सशस्त्रमा शैलेन्द्रको विकल्पका रुपमा हेरिन्थे । त्यसैले जहाँ–जहाँ पुष्पराम पुग्छन्, त्यहाँ–त्यहाँ सुराकी छोड्ने सिलसिला शुरु भएको छ ।

यसक्रममा घर फर्कने बेला चिनियाँ नाकाको अनुगमन गर्न उनी पुग्दा त्यहाँस्थित युनिटले सक्ने जति मानसम्मान गर्नै पथ्र्यो । व्यक्ति पुष्परामका लागि हैन, संगठनको मर्यादा र नेतृत्वको सम्मान थियो त्यो । तर, त्यही नाममा जीवनमा पहिलोचोटि पुष्परामलाई देखेका नारायण गत हप्ता कारबाहीमा पारिएका हुन् ।
गत वर्ष भदौ ११ गते टिमुरेमा हाजिर भएका इन्स्पेक्टर नारायण चैतको १७ गते फिर्ता भए । त्यसअघि उनलाई आइजी सचिवालयबाट इन्स्पेक्टर रविन थापाले फोन गरेर भनेका थिए, ‘गृह मन्त्रालयमा तिमीविरुद्ध उजुरी परेको छ !’ तर, उनले सोधखोज गर्दा उजुरी फेला परेन । सिडिओ ईश्वरीप्रसाद ढकाल गृहबाटै त्यहाँ गएका हुन् । उनीमार्फत बुझ्न लगाउँदा पनि त्यस्तो कुनै उजुरी वा निवेदन भेटिएन । भन्सार प्रमुख छन्, रामप्रसाद रेग्मी । उनीसँग पनि नारायणको निक्कै राम्रो सम्बन्ध थियो । उनीमार्फत् बुझ्दा पनि कुनै कैफियत भेटिएन । तर, सचिवालयका इन्सपेक्टर रविनले ‘नपत्याए गृहमन्त्रीको पिएलाई सोध’ भनेर रामबहादुर थापा (बादल) का छोरा प्रतीकको नम्बर दिए । प्रतीकलाई सोध्दा आइजी सचिवालयकै भाषा सुने ।

Advertisement 2

यसरी एउटा निर्धो इन्स्पेक्टरलाई छानवीन नगरी, सफाईको मौका पनि नदिई थुतिएको छ, जुन प्राकृतिक न्यायको सिद्धान्तविपरित भएको भन्दै सशस्त्रका एकथरि हाकिम आइजीसँग रुष्ट रहेको खबर आजको जनआस्था साप्ताहिकले छापेको छ ।

प्रकाशित :२०७८ बैशाख ८, बुधबार १०:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry