कुलमानको उक्साहटमा मन्त्रीविरुद्ध लागेका दूधकोशीका सीईओको जागीर संकटमा!

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्री तथा मन्त्रालयविरुद्ध फेसबुकमा निरन्तर लेखेपछि मन्त्रालयले दूधकोशीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विमल गुरुङको जागीर संकटमा परेको छ।

Advertisement 1

विभागीय मन्त्रालय र मन्त्रीको दुष्प्रचारमा निरन्तर लागेपछि गुरुङलाई हटाउन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको हो।

गुरुङले ऊर्जा मन्त्री खड्का विरुद्ध फेसबुकमा लेख्दै आएका थिए। जबकी सरकारी कर्मचारी सरकारप्रति जवाफदेही हुनुपर्छ।

Advertisement 2

तर, गुरुङ भने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ निकट भएकै कारण मन्त्रीविरूद्ध निरन्तर लेख्दै आएका हुन्। मन्त्रीले कुलमान घिसिङका गैरकानुनी गतिविधि रोक्न सक्रिय भएपछि कुलमानकै उक्साहटमा गुरुङले पनि मन्त्रीको आलोचना गर्न थालेका मन्त्रालय स्रोत बताउँछ।

उनको उक्त शैलीबारे नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा पनि छलफल भएर उनलाई हटाउन भनिएको थियो।

Advertisement 3

तर, हालसम्म पनि नहटाएका कारण अब हटाउनुपर्ने भन्दै प्राधिकरणलाई मन्त्रालयले निर्देशन दिएको हो।

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले ऊर्जा मन्त्री तथा मन्त्रालयलाई निरन्तर असहयोग र अटेरी गर्दै आएका छन्।

प्रकाशित :२०८१ फाल्गुन ११, आईतवार १३:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry