श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
Advertisement 1
बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो । गए राति राउतले घरायसी विवाद हुँदा खेमजुङलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
श्रीमानको कुटाइबाट गम्भीर घाइते उनको बिर्तामोडस्थित कनकाई अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । नोबेल अस्पतालमा पनि उपचार हुन नसकेपछि आफन्तले बिर्तामोडस्थित माइती घर ल्याएकामा गए राति मृत्यु भएको हो ।
Advertisement 2
घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित :२०७८ चैत्र ४, शुक्रबार १९:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%