सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी। सुनसरीको कोशी गाउँपालिका–६ लाही टोलका एक युवकको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ।
Advertisement 1
कोशी गाउँपालिका–६ का २६ वर्षीय पप्पु यादव आज बिहान भैँसी चराउन गएकाबेला पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक लवकुमार सापकोटाले जानकारी दिए।
मृतक यादवको शव पोस्टमार्टमका लागि अहिले जिल्ला अस्पताल इनरुवा पठाइएको छ भने घटना सम्बनधमा थप अनुसन्धान भइरहेको प्रमुख सापकोटाले बताए।
प्रकाशित :२०८३ भाद्र २२, सोमबार १५:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








