कर्णालीमा एक लाख पशुचौपायाको उपचार

कर्णाली प्रदेशका १० जिल्लामा लम्पी स्कीन रोगबाट संक्रमित एक लाख २५ हजार ९१ पशु चौपायाको उपचार गरिएको छ ।

Advertisement 1

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार नौ हजार नौ सय एक पशुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइएको छ । पछिल्लो समय पशुमा लम्पी स्कीन रोग तीव्ररुपमा फैलिँदै गएको छ । प्रदेशका कृषिमन्त्री भीमप्रकाश शर्माले रोग नियन्त्रण गर्न कर्मचारीलाई निर्देशन दिएका छन ।

मन्त्रालय निमित्त सचिव राजु भुजले प्रेस विज्ञप्ति जारी गर्दै खोप अभियान तिव्र पारिएको उल्लेख गरेका छन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चिङ्गाड गाउँपालिकाबाट २०७९ चैत २७ गते गाई गोरुको सिरिम र छालाको भागको नमूना केन्द्रीय पशुपछी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाइएको थियो । परीक्षण गर्दा गत वैशाख ४ गते लम्पी स्कीन रोग पुष्टि भएपछि खोप लगाउन थालिएको मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले जानकारी दिए ।

Advertisement 2

कर्णालीमा सबैभन्दा बढी सल्यानमा ३४ हजार तीन सय २८ पशुमा लम्पी स्किन देखिएको छ । सो रोगबाट मुगुमा चार सय २९ पशुचौपाया सङ्क्रमित भएका छन् ।

प्रकाशित :२०८० असार २१, बिहीबार ०९:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry