दूरसञ्चार प्राधिकरणको कार्यलय सर्यो राष्ट्रिय नाचघरमा, मासिक भाडा १७ लाख

कमलादीमा केन्द्रीय कार्यलय रहेको नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय भवन आजदेखि सरेको छ । प्राधिकरणको अनुसार राजधानीको कमलादीमा रहेको दूरसञ्चार प्राधिकरणको भवन आजैदेखि जमलस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा सरेको हो । दूरसञ्चार प्राधिकरणले वैशाख २ देखि सबै कार्यालयको सबै काम कारबाही नाचघरबाटै हुने सार्वजनिक सुचना मार्फत जानकारी दिएको छ ।

Advertisement 1

मासिक १७ लाख भाडा तिर्ने गरी दूरसञ्चार प्राधिकरणको कार्यलय कमलादीबाट राष्ट्रिय नाचघरमा सरेको हो । शर्त अनुसार हरेक दुई बर्षमा भाडा बढ्ने छ । यस अघि कमलादीमा कार्यालय रहँदा मासिक १२ लाख तिर्दै आएको थियो । कार्यलयका लागि ठाउँ साघुँरो भएको भन्दै दूरसञ्चार प्राधिकरणको कार्यलय कमलादीबाट नाचघरमा सरेको प्राधिकरणका एक कर्मचारीले बताए । कमलादीस्थित कार्यलयमा ७५ जना मात्र अटाउथें अहिले कर्मचारीको संख्या बढेर सय पुगेपछि ती कर्मचारीक लागि समेत ठाउँ साघुँरो भएको भन्दै कार्यलय कमलादीबाट जमल सारिएको प्राधिकरणका कर्मचारीको कथन छ ।

प्रकाशित :२०७८ बैशाख २, बिहीबार १५:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry