निक्षेप तथा कर्जा सुरक्षण कोषका सीईओ घिमिरेलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं। निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरे अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन्। उनी ‘ग्लोबल एक्सेलेन्स इन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका हुन्।

Advertisement 1

इन्टरनेसनल अवार्ड फोरम युनाइटेड स्टेट अफ अमेरिका (टिफ-युएसए)को आयोजनामा नयाँ दिल्लीमा भएको कार्यक्रममा घिमिरेले अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाएका हुन्।

घिमिरेसँग दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको निर्देशक र नेपाल एसबिआई मर्चेन्ट एण्ड बैंकिङको सीईओका रुपमा काम गरेको अनुभव छ।

प्रकाशित :२०८१ माघ ९, बुधबार ११:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry