फेसबुक लगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले फेसबुक लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।

Advertisement 1

२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । त्यसलाई बेवास्ता गरेपछि मन्त्रालयले आजबाट सामाजिक सन्जाल चल्न नमिल्ने बनाएको हो।

मन्त्रालयका अनुसार, दर्ता प्रक्रिया अगाडि बढाएमा ती सामाजिक सञ्जाललाई क्रमशः खोलिदै लैजाने निर्णय भएको छ।
सरकारले २०८२ वैशाखमा सूचीकरण हुन भनेको थियो। तर अपेक्षाकृत सामाजिक सन्जालहरु दर्ता प्रक्रियामा नआएपछि २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।

Advertisement 2

 

प्रकाशित :२०८२ भाद्र १९, बिहीबार १५:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry