नेपाल भित्रियो रिभोल्टको सबैभन्दा शक्तिशाली इलेक्ट्रिक बाइक ‘RVX’, मूल्य ३ लाख ९९ हजार

काठमाडौं। एमभी दुगड ग्रुपले भारतको विद्युतीय मोटरसाइकल ब्रान्ड रिभोल्ट मोटर्सको नयाँ इलेक्ट्रिक बाइक RVX नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौंमा जारी नाडा अटो शो २०२६ को अवसर पारेर रिभोल्टको हालसम्मकै शक्तिशाली इलेक्ट्रिक बाइक नेपाली बजारमा ल्याइएको हो।

Advertisement 1

नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले सीमित अवधिका लागि ३ लाख ९९ हजार रुपैयाँको सुरुवाती मूल्य तोकेर बाइक सार्वजनिक गरेको हो। नयाँ पुस्ताका राइडरलाई लक्षित गर्दै ल्याइएको RVX मा उच्च प्रदर्शन, आधुनिक प्रविधि र दैनिक प्रयोगको सहजतालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

बाइकको सार्वजनिकसँगै काठमाडौंको पानीपोखरीस्थित रिभोल्टको फ्ल्यागसिप शोरुम तथा नाडा अटो शोमा रहेको रिभोल्टको स्टलबाट बुकिङ र टेस्ट राइड खुला गरिएको छ। नेपालभर विस्तार भइरहेको रिभोल्टको शोरुम नेटवर्कमार्फत छिट्टै डेलिभरी सुरु गरिने कम्पनीले जनाएको छ।

Advertisement 2

५.३ किलोवाट पावर, १६० किलोमिटर रेन्ज

RVX मा नयाँ ४ किलोवाट मिड–ड्राइभ PMSM मोटर जडान गरिएको छ। यसले ५.३ किलोवाटसम्मको पिक पावर र पछाडिको पाङ्ग्रामा २३० एनएमसम्मको टर्क प्रदान गर्ने कम्पनीको दाबी छ।

Advertisement 3

बाइकले ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति ३.९ सेकेन्डमै लिन सक्छ। नयाँ ‘बुस्ट मोड’ प्रयोग गर्दा यसको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टासम्म पुग्ने बताइएको छ।

RVX मा ३.२४ किलोवाट आवरको रिमुभेबल NMC ब्याट्री राखिएको छ। पूर्ण चार्जमा यसले १६० किलोमिटरसम्मको IDC रेन्ज दिने कम्पनीले जनाएको छ।

फास्ट चार्जरमार्फत ब्याट्रीलाई ८० मिनेटमै ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। ब्याट्री निकालेर सामान्य घरेलु सकेटबाट समेत चार्ज गर्न सकिने भएकाले नेपाली प्रयोगकर्ताका लागि यसलाई व्यावहारिक बनाइएको कम्पनीको भनाइ छ।

चारवटा राइडिङ मोड

RVX मा प्रयोगकर्ताको आवश्यकता र सडकको अवस्थाअनुसार बुस्ट, स्पोट्र्स, सिटी र इको गरी चारवटा राइडिङ मोड उपलब्ध छन्।

विभिन्न सडकमा सहज नियन्त्रणका लागि अपसाइड–डाउन फ्रन्ट फोर्क र रियर मोनो–शक प्रयोग गरिएको छ। बाइकमा ३.५ इन्चको IP६७–रेटेड डिजिटल डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टेलिम्याटिक्स, जियो–फेन्सिङ तथा OTA अपडेट सुविधा पनि दिइएको छ। त्यस्तै कल तथा म्यासेज नोटिफिकेसन, हिल होल्ड असिस्ट, रिभर्स मोड, वाक असिस्ट, इम्मोबिलाइजर र भेहिकल लोकेटरजस्ता सुविधा समावेश छन्। RVX  प्लस ब्ल्याक, इलेक्ट्रिक ब्लु र एक्लिप्स रेड गरी तीन रंगमा उपलब्ध हुनेछ।

‘नेपाल गर्छ रिभोल्ट’ अभियान

RVX सार्वजनिकसँगै एमभी दुगड ग्रुप र रिभोल्ट मोटर्सले ‘नेपाल गर्छ रिभोल्ट’ नामक ब्रान्ड अभियान पनि सुरु गरेका छन्।

कम्पनीका अनुसार अभियानले नयाँ पुस्ताका आत्मविश्वासी, महत्वाकांक्षी र आफ्नै शैलीमा अघि बढ्न चाहने नेपाली राइडरलाई केन्द्रमा राखेको छ। विद्युतीय सवारीलाई केवल यातायातको साधनभन्दा पनि व्यक्तिगत पहिचान र जीवनशैलीसँग जोड्ने उद्देश्य अभियानको रहेको कम्पनीले जनाएको छ।

एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले नेपाली राइडरबाट रिभोल्टले सुरुदेखि नै उत्साहजनक प्रतिक्रिया पाएको बताए। नेपाली बजारका लागि उच्च प्रविधियुक्त विद्युतीय मोटरसाइकल ल्याउने प्रतिबद्धताको परिणाम RVX भएको उनको भनाइ छ।

रिभोल्ट मोटर्सकी अध्यक्ष अञ्जली रतनले नेपाललाई कम्पनीका लागि महत्वपूर्ण रणनीतिक बजारका रूपमा उल्लेख गर्दै RVX ले प्रदर्शनमुखी इलेक्ट्रिक मोटरसाइकलको नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेकी छन्।

देशभर शोरुम विस्तार

RVX काठमाडौंको पानीपोखरीस्थित रिभोल्टको फ्ल्यागसिप शोरुमका साथै वीरगन्ज, जनकपुर, पोखरा, विराटनगर, नेपालगन्ज, बुटवल र धनगढीलगायतका शहरमा रहेका एमभी दुगड ग्रुपका शोरुमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकलाई तालिमप्राप्त प्राविधिक, समर्पित सर्भिस पूर्वाधार तथा ओरिजिनल पाट्र्स र एसेसरिजको सुविधा उपलब्ध गराइनेछ।

नेपालमा विद्युतीय दुईपांग्रे सवारीको माग बढिरहेका बेला ३ लाख ९९ हजार रुपैयाँको सुरुवाती मूल्य, १६० किलोमिटर रेन्ज र ९० किलोमिटर प्रतिघण्टासम्मको गतिसहित RVX को प्रवेशले नेपाली इलेक्ट्रिक बाइक बजारमा थप प्रतिस्पर्धा बढाउने देखिएको छ।

प्रकाशित :२०८३ भाद्र १०, बुधबार ११:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry