सिराहाको मिर्चैयामा प्राइम टायल्सको नयाँ क्लासिक शोरुम सञ्चालनमा

काठमाडौं। नेपालको अग्रणी टायल्स ब्रान्ड प्राइम टायल्सले सिराहाको मिर्चैयास्थित पशुपति ट्रेडर्समा आफ्नो नयाँ क्लासिक शोरुम सञ्चालनमा ल्याएको छ।

Advertisement 1

आधुनिक डिजाइन, उच्च गुणस्तरका उत्पादन तथा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको शोरुमको उद्घाटन प्राइम सेरामिक्सका महाप्रबन्धक प्रदीप कुमार झाले गरेका हुन्।

उद्घाटन समारोहमा निर्माण व्यवसायी, ठेकेदार, टायल मिस्त्री, स्थानीय उपभोक्ता, सञ्चारकर्मी तथा निर्माण क्षेत्रसँग आबद्ध व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा क्षेत्रीय बिक्री प्रमुख विकास सिन्हा, राकेश शाह लगायतको टोलीले सहभागी अतिथिहरूलाई स्वागत गरेको थियो।

Advertisement 2

कम्पनीका अनुसार तीव्र रूपमा बढिरहेको शहरीकरण तथा आवासीय एवं व्यावसायिक भवन निर्माण गतिविधिलाई मध्यनजर गर्दै ग्राहकलाई गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यले मिर्चैयामा नयाँ क्लासिक शोरुम सञ्चालनमा ल्याइएको हो।

रौतहटको चन्द्रनिगाहपुरमा रहेको प्राइम टायल्सको अत्याधुनिक उद्योगबाट वार्षिक ४० लाख वर्गमिटरभन्दा बढी टायल्स उत्पादन हुँदै आएको कम्पनीले जनाएको छ। कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डअनुसारका टायल्स उत्पादन गर्दै आएको छ भने हालै नेपाल सरकारद्वारा प्रदान गरिने नेपाल गुणस्तर प्रमाण चिन्ह (ल्क् ६१७) समेत प्राप्त गरेको छ।

Advertisement 3

नयाँ शोरुममा विभिन्न आकार, डिजाइन, टेक्स्चर तथा फिनिसिङका सयौं प्रकारका फ्लोर, वाल, टेरेस तथा डेकोरेटिभ टायल्स उपलब्ध छन्। आवासीय, व्यावसायिक, होटल तथा अन्य निर्माण परियोजनाका लागि आवश्यक टायल्स एउटै स्थानबाट छनोट गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार शोरुमलाई बिक्री केन्द्रका रूपमा मात्र नभई ग्राहक, इन्जिनियर, आर्किटेक्ट तथा निर्माण व्यवसायीलाई उत्पादनसम्बन्धी जानकारी, डिजाइन सुझाव तथा प्राविधिक परामर्श प्रदान गर्ने केन्द्रका रूपमा समेत विकास गरिएको छ।

प्राइम टायल्सले स्वदेशमै उत्पादन भएका गुणस्तरीय टायल्समार्फत नेपाली निर्माण क्षेत्रको आवश्यकता पूरा गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि देशभर आफ्नो बिक्री सञ्जाल विस्तार गर्दै उत्कृष्ट उत्पादन र सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित :२०८३ असार १८, बिहीबार ११:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry