नासुहरुको आँशु खसाल्ने निजामती सेवा विद्येयकको विरोधमा सिंहदरबारभित्रै प्रर्दशन
हालै राज्यव्यवस्था समितिबाट प्रतिनिधिसभामा पेश भएको संघीय निजामती सेवा विद्येयकको विरोधमा मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै कर्मचारीहरु प्रर्दशनमा उत्रिएका छन् ।
Advertisement 1
बिहान साढे बजेदेखि साढे दश बजेसम्म एक घण्टा उनीहरुले मुलुककै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार अगाडि शान्तिपूर्ण प्रर्दशन गरेका हुन् । उनीहरुले गिराएर मनोबल कस्तो खोजेको प्रतिफल ? जस्तो प्ले कार्ड बोकी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका थिए ।
प्ले कार्डसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनमा उत्रिएका केदार तिवारी,तेजेन्द्र कँडेलसहित चार जना नासुहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
Advertisement 2
ती नासु तहका कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेकोमा अहिले चारै जनालाई छुट्टाएर ल्याइएको अभियन्ता लक्ष्यमण गुरागाँईले कर्मचारीलाई बताए ।
संसदमा पेश भएको निजामती सेवा विद्येयक जस्ताको तस्तै पारित भए नासु तहका कर्मचारीहरुको वृत्ति विकासमा असर पार्ने भन्दै विद्येयक संशोधन हुनुपर्ने र विवादित प्रावधानहरु सच्चाइनु पर्ने माग सहित नासु बचाउ अभियानका अभियन्ताहरु सिंहदरबार अगाडि प्रर्दशनमा उत्रिएका थिए ।
Advertisement 3
हालै राज्यव्यवस्था समितिबाट प्रतिनिधिसभामा पेश भएको विद्येयकमा निजामती सेवामा बहाल रहेका कर्मचारीहरुले अर्को तहमा खुल्ला प्रतिस्पर्धाबाट पास गरेमा त्यसको सेवा अवधि गणना नगर्ने, उमेर हद र विभिन्न श्रेणीमा आन्तरिक प्रतिस्पर्धा नै गर्न नपाउने जस्ता व्यवस्था गरिएको छ ।
उक्त व्यवस्था गरिएको निजामति संघीय ऐन संसदको राज्य व्यवस्थाबाट पारित भई प्रतिवेदनसहित प्रतिनिधिसभामा पुगेको छ ।
उनीहरुले शाखा अधिकृतको पदपूर्तिमा ५० प्रतिशत खुला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्नेजस्ता माग राखेका छन्।
कुनै पनि पदबाट १२ वर्षसम्म बढुवा नभएमा स्वत : बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गरिनुपर्ने माग पनि छ। यस्तै यो व्यवस्था संघीय निजामति सेवाबाट प्रदेश तथा स्थानीय तहमा समायोजन भई गएका निजामती कर्मचारीका हकमा पनि लागू गर्नुपर्ने माग उनीहरूको छ।
यस्तो छ नासुहरूको माग :
१) राप तृतीय श्रेणी शाखा अधिकृतसरहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने। तर कुनै पनि साविकको पदबाट अधिकतम १२ बर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने। यो व्यवस्था संघीय निजामती सेवाबाट प्रदेश तथा स्थानीय तहमा समायोजन भई गएका निजामती कर्मचारीको हकमा पनि लागू हुनुपर्ने।
२) निजामती सेवामा प्रवेश गरिसकेका कर्मचारीलाई निजामती सेवाको पदपूर्ति हुने कुनै पनि परीक्षामा भाग लिन उमेर हद नलाग्ने र कुनै पनि निजामती कर्मचारीले खुल्ला प्रतिस्पर्धाबाट लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेमा अघिल्लो पदको सेवा अवधिसमेत जोड्न पाउने विद्यमान निजामती सेवा ऐन, द्दण्द्धढ को व्यवस्था कायम हुनुपर्ने।
३) राप प्रथम र राप द्वितीय श्रेणीको खुल्लामा प्रतिस्पर्धा गर्न सम्बन्धित पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता भएको र निजामती सेवाको राजपत्र अनंकित पदमा रहेर ७ र ५ वर्ष काम गरेको भए योग्य हुन पाउनुपर्ने।
४) सबै तहमा श्रेणीगत वा तहगत एउटै व्यवस्था हुनुपर्ने।
५) सरुवा प्रणाली चक्रीय र पूर्वानुमानयोग्य हुनुपर्ने।