नेता सुध्रिन नचाहदाको परिणाम

विश्वको राजनीतिक ईतिहांस हेर्दा कतिपय शासकले आफूलाई आफैले सुधार्न नसकेका कारण दर्दनाक घटनाहरू घटेको पाईन्छ।रोमका नीरो देखि लिएर लिवियाका मौमर गद्दाफी , सिरियाका वसरअली हसद,ईराकका सद्दाम हुसेन,उ. कोरियाका किम जोन ईल,यूगाण्डाका ईदो ओमीन, कम्बोडियाका पोलपोट सम्मको नाम यस्तो श्रेणीमा राख्न सकिन्छ जस्ले आफूलाई सर्वेसर्वा ठान्थे । संस्कृतमा एउटा नीति उल्लेख गरिएको छ-यस्य नास्ति स्वयं प्रज्ञा, शास्त्रं तस्य करोति किम्। लोचनाभ्याम विहीनस्य, दर्पणः किं करिष्यति।

Advertisement 1

हो, नेपालमा पनि यस्ता नेता खोज्न धेरै पर जानु पर्दैन। आफू भित्र क्षमता नभए पनि क्षमता भएको नाटक गरेर जनतालाई झुक्याउने प्रवृत्ति करीव एक दशक यताको राजनीतिमा देखिएको छ। यिनीहरूको बोलीको न कुनै आधार छ न सत्यता छ। कार्यकर्ताको ताली पाउन र सस्तो लोकप्रीयताका लागि जस्तो पनि बोलिदिने प्रवृत्तिले यिनीहरूलाई जस्तो सुकै शास्त्रका कुराले केही असर पर्न छोड्यो। न यिनीहरूले राजनीतिक दर्शन पढे न कुनै दर्शन शास्त्र। हावाका भरमा बोलेर भीड जम्मा पार्ने चटकी संग यिनीहरूको तुलना गर्नु पर्ने देखियो।

जनताले स्तरीय र सहज सेवा नपाए पनि सरकारको गुणगान गाउनै पर्ने, भ्रष्टाचारले सीमा नाघ्दा पनि यिनीहरूको भाषणमा ताली ठोक्नै पर्ने, यिनीहरूले आफ्नो प्रसंसा आफै गर्दा पनि यिनीहरूको झोले भई दिनु पर्ने, यिनीहरूको असन्तुष्ठी पोख्ने एउटा प्लेट फर्म थियो त्यहाको आवाज सुन्न नसकेर सो प्लेटफर्म नै बन्द गरिदिने जस्ता कुकाम सरकारको नाममा यिनीहरूबाट भयो। यही सामाजिक सन्जालको बन्दको बिरोधबाट एकदम छोटो समयमा एक किसिमको राजनीतिक उथलपुथल हुन पुग्यो। यो उथलपुथलले अन्य कुराका अतिरिक्त यी पुराना हठी नेताको समेत विकल्प खोज्यो तर यस भन्दा अगाडि देखि नै यी नेतालाई सच्चिने हो कि सक्किने हो भनेर यिनीहरू कै पार्टी भित्र पनि कतै झिनो स्वरमा कतै सुनिने स्वरमा विरोध नभएको भने हैन। यो स्वरलाई यिनीहरूले त्यति बेला मात्र हैन अहिले सम्म पनि नसुनेको अवस्था छ। अहिले पनि यिनीहरूको दम्भ कम भएको छैन। यसरी यिनीहरूले आफ्नो पार्टी भित्रको आवाज मात्र हैन जेन-जी को आवाज समेतलाई नजरअन्दाज गरेको पाईन्छ। यिनीहरूको यो प्रवृत्तिमा रोक लगाउन नसक्ने हो भने यिनीहरू त सकिन्छन् नै, त्यसमाथि पार्टी पनि सकिने स्थिति बन्छ। यसको असर पार्टी उपर मात्र हैन देशकै सार्वभौमिकता उपर पनि नपर्ला भन्न सकिदैन। किनभने यिनीहरूको यो हठी स्वभावले हाल देशमा बढी रहेको अस्थीरता लम्बिने स्थिति बन्न सक्छ र यस्तो तरल अवस्था विदेशी अवसरवादीको लागि अनुकूल बन्न सक्छ।

Advertisement 2

यी नेता भनाउदाको ब्यबहारले न रहे बांस, न रहे बांसुरीको स्थिति बन्न सक्छ।

नेपालका अरू दलको त के कुरा गरौ र! आफूलाई प्रजातन्त्र र लोकतन्त्रको पर्याय ठानेको पार्टी नेपाली कांग्रेसका केही नेताको ब्यबहार झनै उदेक लाग्दो देखिदैछ। यो पार्टीका सभापति आफू अलोकप्रीय भएको स्वीकारेर पार्टीका वरिष्ठ उपसभापति पूर्ण बहादुर खड्कालाई कार्यभार दिएर पाखा लाग्दै गर्दा यिनीबाट पार्टी सुध्रिने अपेक्षा थियो तर उनी पनि झनै तानाशाह हुन खोजेको आभास दिन थालेका छन्। यही फाल्गुन २१ मा हुन गै रहेको प्रतिनिधि सभाको चुनावमा जनताले नरूचाएकालाई पार्टीको निर्णायक पदबाट हटाएर नयां अनुहार देखाएर जान खोजेको प्रयासलाई यी नयां सभापतिका रूपमा देखिएका पात्रको ब्यबहार झनै उदेक लाग्दो देखियो।

Advertisement 3

हरेक पार्टीमा पुराना नेताको बिकल्प खोजेको धेरै भै सक्यो। यी नेताको अनुहार लिएर चुनावमा गैयो भने जनताले तिरस्कार गर्छन् भन्ने हरेक पार्टी भित्रका यूवालाई राम्रै जानकारी छ। त्यसैले उनीहरूले आफ्ना पुराना हठी नेतालाई पाखा लगाएर नयां नेताको खडा गरेर चुनावमा जानु पर्छ भन्ने मान्यता राखेका हुन्। यही कारण हरेक पार्टीमा महाधिवेशनको कुरा उठेको पाईन्छ तर महाधिबेशनले यी पुराना घिन लाग्दा अनुहारलाई पाखा लगाउछ भनेरै होला यिनीहरू तत्काल महाधिवेशन नगरेर यो अस्थीरता लम्याउन चाहन्छन्। तर हेक्का रहोस्, यिनीहरूको आत्म बल क्षीण हुदै गएको छ, निभ्न लागेको बत्ति जस्तै अन्तिमको चमक देखाएका मात्र हुन्। यसैले यूवाहरूले पार्टीमा शुद्धीकरण गर्न थालेको यो प्रयासलाई अझै सशक्त पार्न जरूरी छ।

प्रकाशित :२०८२ कार्तिक १८, मंगलवार १६:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry