संघीय निजामती विधेयक संशोधनको माग गर्दै सामान्य प्रशासनमन्त्री र राजनीतिक दललाई ज्ञापनपत्र

काठमाडौं । संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै स्थानीय तह कर्मचारी सेवा सञ्जालले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी लगायत विभिन्न राजनीतिक दललाई ज्ञापनपत्र बुझाएको छ ।

Advertisement 1

सञ्जालले विधेयकमा मा ७ वटा संशोधन गर्न माग गर्दै प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगर, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलालगायतलाई ज्ञापनपत्र बुझाएको हो ।

विभिन्न पार्टीका सचेतकसँगै राष्ट्रिय ट्रेड युनियनसँग पनि भेटघाट तथा छलफल गरेको जनाइएको छ । हाल प्रदेश सेवा र निजामती सेवामा बहाल रहेका व्यक्तिलाईसमेत निजामती सेवामा समेट्नुपर्ने सञ्जालले माग गरिएकाे सञ्जालका संयोजक दिपक गाैतमले जानकारी दिए ।

Advertisement 2

उनका अनुसार संघबाट ऐन जारी भएको पाँच वर्षसम्म मात्रै संघबाट प्रमुख प्रशासकीय अधिकृत खटाउने व्यवस्था गर्न सञ्जालले माग गरेको छ । प्रमुख प्रशासकीय अधिकृत उपलब्ध नभएमा स्थानीय तहको सिफारिसमा प्रशासकीय अधिकृत तोक्ने व्यवस्था गर्न सञ्जालको माग छ ।

संघीय निजामती सेवाबाट स्थानीय तहमा समायोजन भएका कर्मचारीले संघीय निजामती वा प्रदेश निजामती सेवाका पदमा सरुवा हुन चाहेमा स्तर वृद्धि भएको तहसमेत गणना हुने गरी समान सेवा समूह र तहको पदमा ज्येष्ठताको आधारमा सुरुवा गर्ने व्यवस्था गर्न पनि माग गरिएकाे सञ्जालका महासचिव दिपकसिंह धामीले बताए ।

Advertisement 3

उनका अनुसार प्रदेश निजामती सेवा तथा स्थानीय सेवा स्तरीय ट्रेड युनियनको गठन, दर्ता र व्यवस्थापनसम्बन्धी व्यवस्था राष्ट्रिय स्तरीय ट्रेड युनियनमा समावेश गर्ने गरी गर्नसमेत सञ्जालको माग छ । साथै अन्तर प्रादेशिक सरुवा संघबाट संघीय कानून बमोजिम हुने व्यवस्था गर्ने लिखित सम्झौता कार्यान्वयन गर्न पनि सञ्जालले माग गरेको सञ्चालका महासचिव धामीले जानकारी दिए ।

 

प्रकाशित :२०८० चैत्र ४, आईतवार २०:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry