अब प्रदेशमै अधिकृतहरुलाई सेवाकालीन तालिम
अधिकृतहरुको सेवाकालीन तालिम प्रदेशमै हुने भएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले सेवाकालीन प्रशिक्षणसम्बन्धी पाठ्यक्रम तयार पारेसँगै अधिकृतस्तरका कर्मचारीहरुलाई सेवाकालीन तालिम प्रदेशमै दिने बाटो खुलेको हो । सो प्रदेशको मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको अध्यक्षतामा बसेको प्रशिक्षण प्रतिष्ठान परि षद्को चौ थो बैठकले प्रशिक्षणसम्बन्धी पाठ्यक्रम स्वीकृत गरेसँगै अधिकृतहरुलाई सेवाकालीन तालिम प्रदेशमै दिने बाटो खुलेको हो । प्रतिष्ठानका अनुसार संघीय निजामती सेवाका राजपत्राङ्कित तृतीय श्रेणी, प्रदेश निजामती, स्थानीय सेवाका छैटौं, सातौं र आठौं तहका अधिकृतका लागि से वाकालीन तालिम सञ्चालन गर्न पाठ्यक्रम तयार पारिएसँगै अधिकृतहरुलाई समेत प्रदेशमै सेवाकालीन तालिम दिने बाटो खुलेको हो ।
Advertisement 1
गण्डकी प्रदेशस्थित कार्यालयहरुमा समायोजन भइ गएका र सोही प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले यस प्रकारको तालिम प्रदेशबाटै पाउने छन् । जसअनुसार अधिकृतस्तरका छैटौं, सातौ र आठौं तहका कर्मचारीलाई सेवाकालीन तालिम प्रदेशमै दिने बाटो खुलेको छ । सो प्रदेशको प्रतिष्ठानलाई यी तहका कर्मचारीलाई सेवाकालीन तालिम दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुमति समेत दिइसकेको छ । त्यसमा संघको शाखा अधिकृतको चाहिँ पर्दैनन् ।
यस अघि प्रदेशको प्रतिष्ठानले साहायकस्तरका अर्थात खरिदार,नासु तहका कर्मचारीहरुलाई सेवाकालीन तालिम दिँदै आएको भए पनि अधिकृतस्तरका कर्मचारीलाई प्रदेशमा पहिलो पटक पाठ्यक्रम तयार पारी तालिम दिन लागिएको हो । सातवटै प्रदेशमध्ये गण्डकीले पहिलो पटक अधिकृतका लागि सेवाकालीन तालिम पाठ्यक्रम तयार पारेको छ ।