नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित

काठमाडौं। नागरिक लगानी कोषको ३०औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। आज सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको ८६ करोड ९० लाखबाट सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो।

Advertisement 1

साधारणसभाले कोषका अध्यक्ष प्रा. डा सूर्यबहादुर थापाले पेस गरेको गत आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ।

अध्यक्ष थापाले कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा २ खर्ब २ अर्ब सात करोड रुपैयाँ संकलन भएकामा गत आर्थिक वर्षमा १२ दशमलव १९ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब ८३ करोड पुगेको बताए। त्यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ को असोज मसान्तसम्ममा संकलित गरेको २ खर्ब ४२ अर्ब १५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ।

Advertisement 2

कोषले गत आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब सात करोड ६४ लाख कूल आम्दानी गरेकोमा सञ्चालन र अन्य खर्च कटाइ कर पछिको खुद मुनाफा १ अर्ब १५ करोड ८७ लाख रहेको छ। उक्ता खुद मुनाफा रकमबाट २८ करोड ९६ लाख रकम जगेडा कोषमा राखी बाँकी रु ८६ करोड ९० लाखबाट सात प्रतिशत बोनस शेयर र छ प्रतिशत नगद लाभांश वितरण गरेको हो।

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको सञ्चालन र व्यवस्थापनमा सुधारका लागि विभिन्न रणनीति अघि सारिएको बताए।

प्रकाशित :२०८१ पुष २९, सोमबार १७:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry