वीरगञ्ज नाका हुँदै ३ महिनामा ८ अर्ब ७० करोडका सवारीसाधन भित्रियो

पर्सा। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ३ महिनामा रु ८ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको ३ महिनामा सवारीसाधनको आयातबाट रु ७ अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ।

Advertisement 1

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको ३ महिनामा सवारीसाधनको आयात र सोबाट प्राप्त हुने राजस्व दुवैमा वृद्धि भएको जानकारी दिए।

जबकी गत आवको ३ महिनामा भने रु ६ अर्ब १९ करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन आयात भएका थिए। गत आवको ३ महिनामा सवारीसाधनको आयातबाट ५ अर्ब ९५ करोड राजस्व सङ्कलन भएको थियो।

Advertisement 2

चालु आवको ३ महिनामा रु ३ अर्ब ४१ करोड मूल्य पर्ने २४ हजार ९ सय ३९ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ। ती अनएसेम्वल्ड मोटरसाइकलको आयातबाट ३ अर्ब २८ करोड राजस्व सङ्कलन भएको छ।

त्यस्तै गत आवको ३ महिनाको अवधिमा भने रु २ अर्ब ४९ करोड मूल्य पर्ने १९ हजार ४ सय ८९ अनएसेम्वल्ड मोटरसाइकल आयात भएको थियो। चालु आवको ३ महिनामा रु ६२ करोड २४ लाख मूल्य पर्ने ३ सय ३० जीप, कार र भ्यानको आयात भएको छ।

Advertisement 3

ती सवारीसाधनको आयातबाट रु १ अर्ब ७५ करोड राजस्व सङ्कलन भएको छ। गत आवको ३ महिनाको अवधिमा भने रु ७६ करोड ५८ लाख मूल्य पर्ने ४ सय ३२ जीप, कार र भ्यानको आयात भएको थियो। सो आवमा ती सवारीसाधनको आयातबाट भने रु १ अर्ब ९६ करोड राजस्व सङ्कलन भएको थियो।

चालु आवको ३ महिनामा वीरगञ्ज नाका हुँदै रु ६८ करोड ५ लाख मूल्य पर्ने २ सय २९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन्। ती विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ अर्ब ७२ लाख राजस्व सङ्कलन भएको छ।

गत आवको ३ महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै रु १४ करोड ४९ लाख मूल्य पर्ने ९७ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो। सो अवधिमा विद्युतीय सवारीसाधनआयातबाट रु ९ करोड ११ लाख मात्रै राजस्व सङ्कलन भएको थियो।

प्रकाशित :२०८२ कार्तिक १७, सोमबार १०:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry