सिंहदरबारका कर्मचारीलाई खाद्य कम्पनीको सुविधा, नयाँ बिक्री कक्ष खुल्दै

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा सिंहदरबार परिसरभित्र नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ।
Advertisement 1
कम्पनीका उत्पादन आम उपभोक्तासम्म सहज रूपमा पु¥याउने उद्देश्यले सिंहदरबारभित्र नयाँ बिक्री कक्ष सञ्चालन गर्न लागिएको हो। बिक्री कक्ष सञ्चालनमा आएपछि सिंहदरबार परिसरमा कार्यरत कर्मचारी तथा सेवाग्राहीले कम्पनीका विभिन्न खाद्य वस्तु सहज रूपमा खरिद गर्न सक्नेछन्।
कम्पनीले आफ्ना उत्पादनको पहुँच विस्तार गर्ने तथा उपभोक्तालाई सहज र भरपर्दो रूपमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले बिक्री कक्ष सञ्चालनमा ल्याउन लागेको जनाएको छ।
Advertisement 2
नवनिर्मित बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
कम्पनीले वार्षिकोत्सवकै अवसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउनुलाई आफ्ना सेवा र उत्पादनलाई उपभोक्ताको पहुँचसम्म विस्तार गर्ने योजनाका रूपमा अघि सारेको छ।








