ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंकबीच सम्झौता

काठमाडौं। दरबार मार्ग ,काठमाडौं स्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैँक लि. बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ। मिति भदौ १८ गतेका दिन प्रभु बैँकका तर्फबाट चिफ मार्केटीङ अफिसर श्री रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्ट का तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा बिक्री तथा विपणन क्रपोरेट निर्देशक श्री अमृत ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरियो। ल्यान्डमार्क होटेल तथा रिसोट अन्र्तगत चितवन, पोखरा, काठमाडौँ, तनँहु र भैरहवा लगायत शाखा सँग प्रभु बैँक लि. का ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशेष छुट पाउने छन्।
Advertisement 1
सम्झौता अनुसार प्रभु बैँक लि. का ग्राहक तथा कर्मचारीहरुले होटेल तथा रिसोर्टको सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ। ल्यान्डमार्क होटेल तथा रिसोर्टको उल्लेखित शाखा मार्फत उपलब्ध आवास तर्फ विशेष सस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १०%–१५% छुट प्राप्त गर्न सक्नेछन।