रक्सी खाएर कार्यलय आएको चार्जमा पक्राउ परे मालपोतका हाकिम
मालपोत कार्यालय रुकुम पश्चिमको हाकिम पक्राउ परेका छन् । उनीमाथि कार्यलयमै रक्सी पिएर आएको र सेवा प्रवाहमा लापर्बाही गरेको चार्ज लागेको छ । रक्सी खाएर कार्यालय आएको र सेवाग्राहीको कामकाजमा लापर्बाही गरेको गुनासो प्रहरीमा पुगेपछि उनलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले निमित्त प्रमुख गोर्खबहादुर खड्कालाई पक्राउ गरेको हो ।
Advertisement 1
सेवा प्रवाहमा आएको गुनासोपछि कार्यालय समयमै मदिरा सेवन गरेको अवस्थामा खड्कालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले सुनाए । खड्कालाई प्रचलित स्थानीय प्रशासन ऐनअनुसार कारबाही गरिने बताइएको छ ।
प्रकाशित :२०७७ चैत्र ३१, मंगलवार ०५:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%