गृहका १२ जना उपसचिवको जिम्मेवारी हेरफेर

काठमाडौं। सरकारले गृह मन्त्रालयमातहतका १२ जना उपसचिवको जिम्मेवारी हेरफेर गरेको छ। गृह मन्त्रालयले एक सूचनामार्फत उक्त जानकारी गराएको छ। जसअनुसार केन्द्रीय कारागारका जेलर कृष्णबहादुर कटुवाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

Advertisement 1

केन्द्रीय कारागारको प्रमुखमा अन्जन न्यौपानेलाई पठाइएको गृह मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा चिरञ्जीवी भण्डारी, ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा गीता घिमिरे र कारागार कार्यालय झुम्काको प्रमुखमा सुवास कुमार लामिछानेलाई सरुवा गरिएको मन्त्रालयले जानकारी दिएको छ।

Advertisement 2

जिल्ला प्रशासन कार्यालय चितवनको सहायक प्रमुख जिल्ला अधिकारीमा चूडामणि शर्मा गौतम र सिरहाको सहायक प्रमुख जिल्ला अधिकारीमा चेतराज बराललाई सरुवा गरिएको छ।

हेर्नुहोस् सूचीः

Advertisement 3

प्रकाशित :२०८१ मंसिर १४, शुक्रबार ११:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry