केपी ओलीमाथि खनिए बालेन

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन्। काठमाडौं महानगरपालिकाले न्यूरोडमा बनाउन लागेको फुटपातमा नेकपा एमालेबाट जितेका वडाध्यक्षहरुले अवरोध गरेपछि बालेन नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीमाथि खनिएका हुन्।

Advertisement 1

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले १० हजार करोड रुपैयाँको गिरीबन्धु कान्ड लुकाउन ओलीले आफ्ना स्थानीय जनप्रतिनिधिमार्फत न्युरोडमा फुटपात बनाउन नदिएको संकेत गरेका हुन्। उनले ओलीले आफ्ना कर्तुत लुकाउनका लागि बनाउन लागिएको फुटपातमाथि अवरोध गरिएको बताएका छन्।

फुटपातमा नेकपा एमालेले लगाएको शक्ति चक्रपथ बनाउन र बुटवल चितवन सडक बनाउनु खर्च गर्नु्पर्ने सुझाव पनि ओलीलाई दिएका छन्। साथै गिरीबन्धु टी स्टेटमा पीडितबाट लिएको बैना पनि चाँदै फिर्ता गर्न बालेनले सुझाव दिएका छन्।

Advertisement 2

प्रकाशित :२०८१ जेष्ठ २१, सोमबार १०:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry