लुकाएर ग्यास बिक्री गरे कारबाही, काठमाडौमा सादा पोसाकमा सुरक्षाकर्मी परिचालन

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहुँच, चिनजान वा पक्षपातका आधारमा एलपी ग्यास बिक्री–वितरण गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।

Advertisement 1

कार्यालयले बुधबार जारी गरेको अत्यन्त जरुरी सूचनामा काठमाडौं जिल्लाभित्र केही डिपो, पसल तथा कम्पनीले उद्योग वा डिलरबाट ल्याएको ग्यास लुकाई–छिपाई आफ्ना निकट व्यक्ति, होटल, व्यवसायी वा सीमित ग्राहकलाई मात्र बिक्री गरेको गुनासो प्राप्त भएको जनाएको छ।

प्रशासनका अनुसार यस्तो कार्य कानुनविपरीत भएकाले सम्बन्धित डिपो, पसल, फर्म तथा कम्पनीमाथि नियमित अनुगमन भइरहेको छ। अनुगमनलाई प्रभावकारी बनाउन सादा पोसाकमा सुरक्षाकर्मीसमेत परिचालन गरी सूक्ष्म निगरानी गर्ने व्यवस्था मिलाइएको जनाएको छ।

Advertisement 2

सूचनामा पहुँच र चिनजानका आधारमा ग्यास वितरण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले सिलिन्डर लुकाउने वा अनधिकृत रूपमा भण्डारण गर्ने कार्य गरेको पाइए हदैसम्मको कानुनी कारबाही गरिनुका साथै लुकाइएका ग्यास सिलिन्डरसमेत जफत गरिने चेतावनी दिइएको छ।

जिल्ला प्रशासन कार्यालयले सबै ग्यास व्यवसायीलाई प्रचलित कानुन र तोकिएको मापदण्डअनुसार निष्पक्ष तथा पारदर्शी रूपमा ग्यास बिक्री–वितरण गर्न आग्रह गरेको छ। सूचना सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुक्तिराम रिजालले जारी गरेका हुन्।

Advertisement 3

प्रकाशित :२०८३ श्रावण २१, बिहीबार ११:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry