दिनको पहिलो भुक्तानी अब फोनपे क्युआरबाटै लिन सकिने
ललितपुर। नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक, फोनपेले देशभरका व्यवसायहरुलाई आफ्नो पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा ’बोहनी’ भनिन्छ, फोनपे क्युआरमार्फत् स्वीकार्न प्रेरित गर्ने उदेश्यले ‘बोहनी, फोनपे क्युआरबाटै’ भन्ने पहलको सुरुवात गरेको छ।
Advertisement 1
यस पहलले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने नगद परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्दछ।
फोनपे क्युआरमार्फत बोहनी स्वीकार गर्दा, व्यवसायीहरूले बिहानको समयमा स–साना रकमको समस्याबाट मुक्ति पाउनुको साथ–साथै उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न पनि सक्नेछन्।
Advertisement 2
अभियानमा सहभागी हुन, व्यवसायीहरूले फोनपे बिजनेस एपमा लग–इन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ, र अभियान अवधिमा फोनपे क्युआरमार्फत भुक्तानी लिएको हुनु पर्नेछ।
प्रकाशित :२०८१ भाद्र १७, सोमबार १६:३०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%