बाढीपिडीतलाई नेपाल लाइफ इन्स्योरेन्सको सहयोग

काठमाडौं। नेपालकै सर्वाधिक विश्वासलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बाढी पिडीतलाई सहयोग गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत ओखलढुंगा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढीपीडितलाई सहयोगस्वरुप राहत सामग्री प्रदान गरेको हो।

Advertisement 1

ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढीपीडितलाई (४५ घर परिवार) चामल, दाल, नुन, तेल र साबुन प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ। प्रति परिवार ३० केजी चामल, दाल र नुन २/२ केजी, तेल २ लिटर तथा साबुन ४ वटाका दरले प्रदान गरिएको कम्पनीको भनाइ छ।

असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण त्रिशुले टोल धनकुटामा तीन घर पूर्णरूपमा क्षति भएको हुँदा यस कम्पनीले प्रति घरपरिवार ३ बण्डल जस्तापाता र एक थान पाल स्थानीय तह को उपस्थितिमा वितरण गरेको छ।

प्रकाशित :२०८१ कार्तिक १, बिहीबार १३:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry